शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतका ९१ जिल्लामा पुनः बढे कोरोनाका संक्रमित, सोमबारदेखि विभिन्न आयोजनामा रोक

सोमबार, १० फागुन २०७७, ०९ : ५५
सोमबार, १० फागुन २०७७

भारतको कोरोनाभाइरस संक्रमितको संख्यामा पुनः वृद्धि भएको छ । ९१ जिल्लामा कोरोना बिरामीको संख्यामा बढोत्तरी देखिएको छ । यीमध्ये ३४ जिल्ला महाराष्ट्रका छन् । यहाँ पछिल्ला केही दिनदेखि दैनिक संक्रमितको संख्या निको हुने बिरामीको संख्याभन्दा बढी छ ।

एकदिनमा ४,४१२ सक्रिय संक्रमितः

आइतबार भारतमा १३,९७९ नयाँ बिरामी भेटिए । यस्तै ९,४७६ संक्रमित निको भए, यसका साथै ७९ को मृत्यु भयो । ४,४१२ सक्रिय संक्रमित बढे जुन ८७ दिनमा सबैभन्दा बढी हो । यसअघि २५ नोभेम्बरमा ७,२३४ सक्रिय संक्रमित बढेका थिए । सक्रिय संक्रमित अर्थात् जुन बिरामीको उपचार चलिरहेको छ ।

 महाराष्ट्रमा कोरोनाभाइरस संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएकोमा राज्य सरकारले चिन्ता व्यक्त गरेको छ । मुख्यमन्त्री उद्धव ठाकरेले सोमबारदेखि राज्यमा भीडभाडयुक्त राजनीतिक र धार्मिक कार्यक्रममा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले स्थितीमा सुधार नभए राज्य सरकार पुनः लकडाउन गर्न बाध्य हुने बताएका छन् ।

उद्धव ठाकरेले आइतबार मानिसहरुलाई ८ दिनको अल्टिमेटम दिँदै लकडाउन नचाहने हरुलाई मास्क लगाउन आग्रह गरेका छन् । नीजि कम्पनीलाई घरबाटै काम गर्ने नीति अपनाउन आग्रह गरिएको छ । उनले अबको ८ देखि १५ दिनभित्र यो कोरोनाको दोस्रो लहर हो होइन भन्ने थाहा हुने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप