
मिलान डर्बीमा इन्टर विजयी, शीर्ष स्थानमा ४ अंकको अग्रता

लाउटारो मार्टिनेजको दुई गोलको मद्दतले इन्टर मिलानले एसी मिलानलाई हराउँदै इटालियन सिरिए एको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।
खेलको पाँचौ मिनेटमा नै मार्टिनेजले इन्टरलाई अग्रता दिलाएका थिए । ज्लाटान इब्राहिमोविच दुई पटक मिलानका लागि बराबरी गोल फर्काउने नजिक पुगे पनि खेलमा फर्कन सकेन ।
दोस्रो हाफमा मार्टिनेजले इन्टरको अग्रता दोब्बर बनाए भने रोमलु लुकाकुले तेस्रो गोल गर्दै इन्टरको जीत सुनिश्चित गरे । योसँगै लुकाकु इन्टरका लागि लिगमा लगातार चारवटा मिलान डर्बीमा गोल गर्ने सन् १९५० मा बेनिटो लोरेन्जीपछि पहिलो खेलाडी बनेका छन् ।
शीर्ष दुई स्थानमा रहेर मिलान डर्बीमा यी दुई टोली सन् २०११ को अप्रिलपछि पहिलो पटक भिडेका हुन् ।
दुई खेल कम खेलेको साबिक विजेता युभेन्टस इन्टरभन्दा ११ अंकले पछि रहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ