
मेस्सीको कीर्तिमान तर रोकियो बार्सा

कप्तान लियोनेल मेस्सीले क्लबका लागि ला लिगामा सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदा बार्सिलोनाका क्याडिजसँग बराबरीमा रोखिएको छ । आइतबार राति बार्सा १–१ को बराबरी खेल्न बाध्य बनेको हो ।
खेलको पहिलो हाफमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सालाई अग्रता दिलाए पनि खेलको अन्तिममा एलेक्स फर्नान्डेजले पेनाल्टीबाटै बराबरी गोल फर्काए । यसअघि सिजनमा क्याडिजले बार्सिलोनालाई २–१ गोलले पराजित गरेको थियो ।
योसँगै बार्सिलोनाको ला लिगामा सातको विजयी यात्रामा पूर्णविराम लागेको छ । सेभियाले ओसासुनालाई हराए उसले बार्सिलोनालाई तेस्रो स्थानमा उछिन्न सक्नेछ ।
यता, मेस्सीका लागि आइतबारको खेल बार्सिलोनाका लागि स्पेनिस ला लिगामा ५०६ औँ खेल थियो । उनले योसँगै पूर्व समकक्षी ज्याभीको कीर्तिमानलाई उछिन्दै क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ