शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिष्ट नेता लामाको रहेनन्

आइतबार, ०९ फागुन २०७७, २२ : ०९
आइतबार, ०९ फागुन २०७७

कम्युनिष्ट आन्दोलनका योद्धा तथा पुराना कम्युनिष्ट नेता इन्द्रलाल लामाको आज ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित सिरहाको गोलबजार नगरपालिका–६ निवासी पुराना वामपन्थी नेता लामाको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारका सदस्यले बताएका छन् । 

विसं १९९५ फागुन १४ गते जन्मिएका लामा २०१६–०१७ सालदेखि वाम राजनीतिमा सक्रिय थिए । तत्कालीन वाम राजनीतिका नेताहरू कृष्णप्रसाद अधिकारी, रघुनाथ पोखरेलको सम्पर्कमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेका लामा उनीहरूको विचारसँग सहमति हुन नसकेपछि जयगोविन्द साहको नजीक भएर काम गरेका थिए । उनी कम्युनिष्ट पार्टीको चौथो महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । 

यसैबीच लामाको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश), पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप