अब २४ सैं घण्टा लाग्दो सूर्य नगरीको रुपमा पोखरालाई प्रचार गरिने

काठमाडौं । नेपाल पर्यटन बोर्डले २४ सैं घण्टा लाग्दो सूर्यको नगरीको रुपमा पोखरालाई प्रचार प्रसार गर्ने भएको छ । पर्यटन व्यवसायको रुपमा दिन र रात २४ सै घण्टा पर्यटक लाग्ने र उत्तिकै सम्भावना भएकाले पोखरालाई सौर्य नगरिको रुपमा बोर्डले प्रचार गर्ने योजना बनाएको हो ।
मन्दिर नै मन्दिरको नगरि काठमाडौंलाई मानिएजस्तै २४ सै घण्टा पर्यटन व्यवसायको संभावनामा भएकाले पोखरालाई सौर्य नगरीको रुपमा अघि सार्न लागिएको पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मीले जानकारी दिए । ‘२४ सै घण्टा व्यवसायको सम्भावना भएको एउटै नगरी पोखरा हो । यहाँ दिन र रात उत्तिकै पर्यटक लाग्ने गर्छन् । र व्यवसाय पनि चल्छ । त्यसैले यो नगरीलाई सौर्य नगरीकै रुपमा विकास गर्ने हाम्रो योजना छ’ सिईओ रेग्मीले भने, ‘यसले थप पोखराको पर्यटन व्यवसाय फस्टाउनेमा हाम्रो अपेक्षा छ ।’
त्यसो त बोर्डले पोखरालाई २४ सै घण्टा (दिन र रात) पर्यटन व्ययवसायको नगरीको रुपमा मात्र नभएर मध्यपश्चिम पर्यटन व्यवसायको हबकै रुपमा विकास गर्ने योजना अघि सारेको छ । पश्चिम प्राकृतिक तथा हिमाली पर्यटन गन्तव्यको ‘गेट वे’ ढोकाकै रुपमा रहेको पोखरालाई हाई इन्ड डेस्टिनेशन, पर्यटन बजारको प्रमुख केन्द्र, नव दम्पत्तिहरुको मधुमास (हनिमुन) गन्तव्य र एड्भेन्चर टुरिजम क्षेत्रको रुपमा समेत विकास गर्ने बोर्डको योजना बनाएको छ ।
कोभिड–१९ पछि सुस्ताएको पोखराको पर्यटन व्यवसायले पछिल्लो समय गति लिन थालेको बताउँदै बोर्डका सिइओ रेग्मीले गत महिना बोर्डको पहलमा मनाईएको स्ट्रिट फुट मेलाले थप पर्यटन चहलपहल बढेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को लागि हङकङबाट १० प्रतियोगी छनौट
-
भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने जसपा नेपालको ‘बटमलाइन’
-
कांग्रेसका फाल्गुनन्द गाउँपालिका सभापति नेम्वाङको निधन
-
शाक्यले ८५ औँ पटक गरे रक्तदान
-
पूर्व राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिनुपर्छ : कमल थापा
-
कांग्रेस पूर्ण समावेशी छ : देउवा