कहिलेसम्म बढ्छ इन्फ्रास्टक्चर बैंकको सेयर मूल्य, लगानी कर्ताले कति कमाए ?
काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर मूल्य लगातार बढिरहेको छ । फागुन ९ गते यसको सेयर मूल्य ६ सय रुपैयाँ प्रतिकित्ता पुगेको छ । यस आधारमा ५ हजार लगानी गरेर ५० किता सेयर किन्नेको अहिले सेयर मूल्य ३० हजार रुपैयाँ पुगेको छ भने ६ हजार लगानी गरेर ६० कित्ता किन्नेको लगानी ३६ हजार रुपैयाँ पुगेको छ ।
सेयर बजारका जानकार अब अझै केही समय निफ्राको सेयर मूल्य बढ्ने र त्यसपछि एउटा विन्दुमा पुगेपछि केही समय स्थिर रहने वा केही तलमाथि हुने बताउँछन् । प्रि ओपन सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ३ सय ४० रुपैयाँमा भएको थियो । नेप्सेले इन्फ्रास्ट्रक्चरलाई पहिलो कारोबारका लागि न्यूनतम १ सय १३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३ सय ४० रुपैयाँ ४६ पैसासम्म रेन्ज तोकेको थियो ।
यसको बजार पुँजीकरण अहिले १ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । यसको २० करोड कित्ता सेयर दोस्रो बजारमा कारोबार भइरहेको छ । बैंकको हालको चुक्तापुँजी २० अर्ब रुपैयाँ छ । चालू आर्थिक बर्षको दोस्रो त्रैमाससम्म बैकको जगेडा कोषमा १ अर्ब ९४ करोड २५ लाख ८१ हजार रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
-
नेपालमा प्रत्येक दिन १० वटा भूकम्प
-
यी हुन् नेपाल–कतारबिच भएका सहमति र सम्झौताहरू (पूर्णपाठसहित)
-
रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन् कतार