
२३ वर्षकी नाओमी ओसाकाले दोस्रोपटक जितिन् अस्ट्रेलियन ओपन

जापानकी नाओमी ओसाकाले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छिन् । यो उनको दोस्रो अस्टे«लियन ओपन तथा समग्रमा चौँथो ग्रान्ड स्लाम उपाधि हो ।
फाइनलमा अमेरिकाकी जेनिफर ब्राडीलाई हराउँदै नाओमीले उपाधि जितेकी हुन् । १ घण्टा ३० मिनेटसम्म चलेको खेलमा उनले ६–४ र ६–३ को सोझो जीत दर्ता गराइन् । २५ वर्षीया जेनिफरका लागि यो नै ग्रान्ड स्लामको पहिलो फाइनल खेल थियो । यसअघि युएस ओपनमा पनि उनी नाओमीसँग भिडेकी थिइन्, उक्त सेमिफाइनल खेल पनि नाओमीकै पक्षमा गएको थियो ।
नाओमीले दुईपटक युएस ओपनको उपाधि पनि जितेकी छिन् । उनले २०१८ र २०२० मा यो उपाधि जितेकी हुन् । त्यस्तै उनी तीनपटक फ्रेन्च ओपन र दुुईपटक बिम्बल्डनको फाइनलमा पुगिसकेकी छिन् । हैटीका बाबु तथा जापानी आमाकी सन्तान नाओमीको जन्म जापानको ओसाकास्थित चुओ–कुमा भएको हो । उनी अहिले महिला एकलतर्फकी विश्व नम्बर एक खेलाडी हुन् । एकलतर्फ विश्व नम्बर एक बन्ने उनी पहिलो एशियाली खेलाडी समेत हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ