शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

आइतबार, ०९ फागुन २०७७, ११ : ५०
आइतबार, ०९ फागुन २०७७

पोखरा । तनहुँको दुलेगौँडामा भएको मोटरसाइकल दुर्घटनामा एक जना युवाको मृत्यु भएको छ । 

आइतबार बिहान भएको दुर्घटनामा परी गम्भिर घाइते भएका शुक्लागण्डकी ८ ढोरफिर्दीका सन्देश भट्टराईको मृत्यु भएको हो । उनको उपचारका क्रममा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

गाछेपानीबाट दुलेगौडा तर्फ जाँदै गरेको ग १३ प ६२५ नं को स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको ग १९ प ३७०६ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घट्ना हुदा सन्देश भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।

अर्को मोटरसाइकल चालक अमृत श्रेष्ठको टाउकोमा चोट लागेको छ । श्रेष्ठको पोखरास्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप