शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

आइतबार, ०९ फागुन २०७७, ०६ : ०२
आइतबार, ०९ फागुन २०७७

वि.सं. २०७७ साल फाल्गुन ०९ गते । आइतबार । इस्व सन् २०२१ फेब्रुअरी २१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–नवमी, १६ घडी १० पला,  दिउँसो ०१ बजेर ०६ मिनेट उप्रान्त दशमी । नक्षत्र–रोहिणी, ०५ पला, बिहान ०६ बजेर ४० मिनेट उप्रान्त मृगशिरा । योग–विष्कुम्भ,  ५२ घडी ४६ पला, रातको ०३ बजेर ४५ मिनेट उप्रान्त प्रीति । करण– कौलव, दिउँसो ०१ बजेर ०६ मिनेट उप्रान्त तैतिल, रातको ०१ बजेर ५२ मिनेट उप्रान्त गर । आनन्दादिमा–धाता योग । चन्द्रराशि–बृष, बेलुकी ०७ बजेर ४४ मिनेट उप्रान्त मिथुन । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ३८ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५८ मिनेट । दिनमान २८ घडी १९ पला । द्रोर्ण नवमी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानी गरी मनग्य लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगीको साथ पाइने  हुनाले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि लामो समयसँगै बसेर भलाकुसारी गर्ने अवसर प्राप्त हुनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्य धन सम्पत्ति जोड्न सकिनेछ । विलाशी तथा भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने हुनाले अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पतिपत्नीबीच विश्वासको वातावरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाँती रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दा पनि आम्दानी थोरै हुनेछ । सामान्य आँखासम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला । तर पनि विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । यात्राको अधिक सम्भावना रहेको छ भने विदेशी संस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेको छ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) घर परिवारमा आत्मीयताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । नयाँ प्रकृतिको काम गरी मनग्य धन आर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पत्ति परिचालन गरी आम्दानीका बाटाहरु फराकिला बनाउन सकिनेछ । पढाइलेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । माया प्रेममा सामीप्यता बढेर जाने योग रहेको छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेको छ भने व्यापारमा समय लगानी  गर्नेहरुले मनग्य धन कमाउन सक्नेछन् । बुवा तथा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगीहरुले तपाईंकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाइलेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) महत्त्वपूर्ण जिम्मेवारी सम्पादन गर्नका लागि अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपस्थिति रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिरतिर गई टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पतिपत्नीबीच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सूचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्नेभन्दा आस्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) पारिवारिक सम्बन्ध, दाम्पत्य जीवन तथा माया प्रेममा सामीप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाइलो यात्रा हुनेहुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तपाईंले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै नतिजा तपाईं आफ्नै पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने तपाईंको खैरो खन्नेहरु आफै साइड लाग्नेछन् । विवादित विषयहरुको निर्णय तपाईं आफ्नै पक्षमा आउँने हुनाले खुशीले उचाइ नाघ्नेछ । पुराना सापटी तथा लेनदेनका मुद्दाहरु सल्टाउन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेको छ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी बढाउँदा राम्रो कमाइ हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक धन सम्पत्ति लाभ हुने समय रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) विभिन्न अवसर आए पनि ती अवसरको सही तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईंलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाइ हुनेछ । राजनीति तथा समाज सेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेको छ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्तसँग टाडिएर लामो दूरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) आत्मीय मित्र तथा दाजुभाइहरुको सहयोग पाइने हुँदा मन प्रशन्न हुनेछ । व्यापारमा लगानी गरी मनग्य आयआर्जन गर्न सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरु थपिनेछन् । माया प्रेममा रमाउन चाहानेहरुका लागि समय राम्रो रहेको छ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुनेयोग रहेको छ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाइलो यात्रा हुनेछ । धर्म कर्ममा मन जाने हुनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुनेछ ।

तपाईंको दिन शुभ रहोस् ।

युवा ज्योतिषी डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप