प्रचण्ड र माधव पक्षका नेताहरु आफूतिर फर्किन लागेको ओलीको दावी
शनिबार, ०८ फागुन २०७७, १७ : ०६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो संसद विकासको बाधक भएको कारणले संविधानको अधिकारलाई प्रयोग गरेर आफूले नयाँ जनमतका लागि संसद विघटन गरेको बताएका छन् ।
विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्ष पार्टीबाट बाहिरिएपछि मात्र संवैधानिक नियुक्त गर्न सफल भएको दावी गरे । उनले प्रचण्ड–माधव नेपाल पक्षतिर लागेहरु आफूतिर फर्किन लागेको पनि बताए । जसअनुसार आजमात्रै शेरबहादुर तामाङ र उषाकला राई आफ्नो समूहमा फर्किएको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहले कतिपयलाई झुक्याएर हस्ताक्षर गराएको दावी गर्दै उताबाट फर्केर आफूकहाँ आउन पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन
-
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन
-
बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि