महोत्तरीको गौशालामा मगर संग्रहालय स्थापना
महोत्तरी । भाषा संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि विद्यालयहरुमा आगामी शैक्षिक सत्रदेखि ऐच्छिक विषयको पठनपाठन हुने भएको छ । शुक्रवार महोत्तरीको गौशालामा नवनिर्मित मगर संग्रहालय भवनको उद्घाटन गर्दै नगरप्रमुख शिवनाथ महतोले हरेक समुदायको भाषालाई पाठ्यपुस्तकको रुपमा विद्यालयमा लागू गरिने बताए ।
हरेक समुदायसँग सहमति र सहकार्य गर्दै गौशाला नगरपालिकाले विद्यालयमा ऐच्छिक विषयवस्तुको मातृभाषा समेत पठनपाठन गराउने तयारी अनुरुप एक चरणको क्रियाकलाप सम्पन्न भएकोले अगामी दिनमा पुनः यस विषयवस्तुउपर छलफल गरिने नगरप्रमुख महतोले स्पष्ट पारे ।
नगरप्रमुख महतोले नगरपालिकाको सहयोगमा निर्मित मगर संग्रहालयमा आवश्यक सामग्री राखि प्रदेश नम्बर २ कै नमुना संग्रहालयको रुपमा स्थापना गरिने बताए । गौशाला नगरपालिकाले यस आर्थिक बर्षभित्रमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा नमुना कार्यको थालिनी गरिने नगरप्रमुख महतोले प्रतिवद्धता जनाए ।
त्यस्तै नेपाल मगर संघका केन्द्रीय सदस्य एवम् प्रदेश ईन्चार्ज लेखराम जर्घामगरले जातीय गणनाको अधारमा समानुपातिक एवम् समावेशीकरणको पद्धति लागू गर्नका लागि सरोकारवाला निकायसमक्ष आग्रह गरे । गाउँमा जातीय नाईके नहुँदा मगर समुदायहरु एकीकृत हुन नसकेको संघका प्रदेश अध्यक्ष यमवहादुर खपांगीले बताए ।
गौशाला नगरपालिकाको कार्यालयले उपलब्ध गराएको १० लाख २८ हजार ९ सय ७७ रकम बराबरको जनश्रमदानमार्फत सो भवन निर्माण भएको मगर संघका जिल्ला अध्यक्ष गणेश वहादुर आलेले जानकारी दिए । सो भवन निर्माणका लागि स्थानिय श्याममाया थापा मगरले डेढ कटठा जग्गा निःशुल्क दिएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले मेक्सिको र क्यानाडामाथि लगाए २५ प्रतिशत ट्यारिफ, चीनलाई थप १० प्रतिशत कर
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता, बढायो अंक दुरी
-
ला लिगामा एटलेटिको र भियारियालको सहज जित
-
इस्पानियोलसँग हार्यो रियाल मड्रिड
-
ब्राइटनको पोष्टमा नटिङघमको गोल वर्षा, क्रिस उडले गरे ह्याट्रिक