
ADVERTISEMENT
कञ्चनपुरमा दश कैदीबन्दीको सजाय मिनाहा

सांकेतिक तस्बिर
कञ्चनपुर । प्रजातन्त्र दिवसका अवसरमा जिल्ला कारागारका १० कैदीबन्दीको कैद सजाय मिनाहा गरिएको छ । आचरण सुधारका आधारमा कैदी बन्दीको कैद सजाय मिनाहा गरिएको हो ।
सवारी ज्यान, बहुविवाह मुद्दामा कारागार जीवन बिताइरहेका १३ कैदीबन्दीको कैद मिनाहाका लागि कारागार विभागमा सिफारिस गरेर पठाइएकामा १० कैदीबन्दीको सजाय मिनाहा गरिएको कारागार प्रमुख मायाकुमारी बस्नेतले बताइन् । कारागारमा ३९३ कैदीबन्दीलाई राखिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ