शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार नाघ्यो

शुक्रबार, ०७ फागुन २०७७, २२ : ४९
शुक्रबार, ०७ फागुन २०७७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ९३१ जनाको स्वास्थ्य परीक्षण गर्दा ३१ महिला र ६६ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय कारोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने तीन रहेको छ ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार २६३ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ११४ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार ६१९ रहेको छ ।  अहिले देशभर एक हजार ५८३ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ६८ जना क्वारेन्टिनमा रहेका छन् ।  त्यसैगरी एक हजार ५८३ आइसोलेसनमा छन् ।

हालसम्म नेपालमा २१  लाख ३४ हजार २६१ को पीसीआर परीक्षण भएको छ । पछिल्लो समय कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । योसँगै हालसम्मा दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप