शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यो किसिङ सीनका लागि मधुरी दिक्षितलाई अफसोस, बहकिएका थिए विनोद खन्ना !

शुक्रबार, २० असोज २०७४, १६ : १४
शुक्रबार, २० असोज २०७४

कुनै बेलाका उत्कृष्ट नायकमध्येका एक विनोद खन्नाको जन्म सन् १९४६ को अक्टोबर ६ तारिखमा भएको थियो । केही समयअघि उनको निधन भएको थियो । यद्यपी, उनको कामका लागि आज पनि उनलाई याद गरिन्छ । विनोदको करियर बेदाग रह्यो । उनले थुप्रै उत्कृष्ट फिल्ममा अभिनय गरे तर एक फिल्मको इन्टिमेट दृश्यका कारण उनको निकै आलोचना भयो । जुन नायिकासँग यो दृश्य छायांकन गरियो  उनले पनि पछि यसमा अफसोस जताइन् । उनले सन् १९६८ मा रिलिज भएको फिल्म ‘मनका मीत’ बाट फिल्मी करियरको सुरुवात गरेका थिए । आफ्नो करियरमा उनले करिब १ सय ५० फिल्ममा काम गरे । फिल्म ‘कुर्बानी’ का लागि सन् १९८१ मा उनले उत्कृष्ट नायकको अवार्ड पाएका थिए । सन् १९९९ मा उनले लाइफ टाइम अचिभमेन्ट अवार्ड पाएका थिए । उनी भाजपासँग जोडिए र सन् १९९९ मा चुनाव जितेपछि उनले पर्यटन, विदेश राज्यमन्त्रीजस्तो पद पाए ।

विनोद खन्नाको नीजि जीवन सधैं चर्चामा रह्यो । तर उनी पनि केही विवादबाट भने बच्न पाएनन् । उनले घर छोडेर ओशोको शरणमा गएको र आफूभन्दा १६ वर्ष कान्छी कवितासँग दोस्रो विवाह गरेको विषयले निकै चर्चा बटुलेको थियो । उनले सन् १९७१ मा आफ्नो बाल्यकालकी साथी गीताञ्जलीसँग पहिलो विवाह गरेका थिए । उनका दुई सन्तान अक्षय र राहुल खन्ना छन् । विनोदको विवाहित जीवनमा त्यतिबेला भुइँचालो आयो जब उनले परिवारलाई छोडेर सन्यास लिने निर्णय गरे ।

सन् १९८८ मा आएको फिल्म ‘दयावान’ मा माधुरी दिक्षित र विनोद खन्नाबिच अत्यधिक बोल्ड सीन छायांकन भएको थियो ।  मानिसहरुलाई लागेको थियो कि माधुरी यस्तो सीनका लागि राजी हुने छैनन् ।

तर माधुरीले नहिच्किचाई आफूभन्दा २० वर्ष जेठो विनोद खन्नासँग बोल्ड सीन सूट गरिन् । तर जब फिल्म रिलिज भयो तब उक्त दृश्य दर्शकलाई मन परेन । सीन यति धेरै बोल्ड बनेको थियो कि कसैले पनि कल्पनासमेत गरेका थिएनन् ।

इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा जब उनलाई ‘के बोल्ड सीन दिन समस्या भएन ?’ भन्ने प्रश्न सोधियो तब उनले भनिन्, ‘फिल्मको सेटमा निकै डर लागेको थियो ।’

उनले थपिन्, ‘हामीले डान्स गरिरह्यौं र त्यो गीत बनिरह्यो तर मलाई ‘दयावान’ मा किसिङ सीन गरेकोमा अफसोस छ । वास्तवमा, जब तपाईं नयाँ हुनुहुन्छ तब तपाईंले निर्देशकलाई म यो रोल गर्छु, यो गर्दिन भन्न सक्नुहुन्न । पछि मलाई थाहा भयो कि केही दृश्य अस्विकार पनि गर्न पाइँदो रहेछ ।’

माधुरीले निर्मातालाई फिल्मबाट उक्त दृश्य हटाउनका लागि आग्रह गरेको पनि बताइन्छ तर फिरोज खान यसमा राजी भएनन् । यो हट सीनका कारण माधुरी आलोचनाको शिकार पनि हुनुपर्यो ।

केही रिपोर्टको दाबी अनुसार विनोद खन्ना इन्टिमेट सीन गर्दा बहकिएका थिए । उनी सन् १९८७ मा ‘इन्साफ’ फिल्मबाट फिर्ता भए । चार–पाँच वर्षसम्म हिरो बनेपछि उनले बिस्तारै बिस्तारै चरित्र भूमिकामा देखा पर्न थाले । यदि विनोद खन्ना ओशोको आश्रममा नगएको भए अमिताभ बच्चनको स्टारडमलाई फिक्का गरिदिन्थे पनि भनिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप