शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

प्रहरीको कुटाइबाट बालकको मृत्यु भएको स्थानीयको आरोप, खलंगा बजार तनावग्रस्त, दर्जन बढी घाइते

बिहीबार, ०६ फागुन २०७७, २१ : ०६
बिहीबार, ०६ फागुन २०७७

सुर्खेत । प्रहरीको कुटाइबाट बालकको मृत्यु भएको भन्दै स्थानीयले  जिल्ला प्रहरी कार्यालय जुम्ला घेराउ गरेका छन् । मृतकका आफन्तले चर्को आन्दोलनसहित जिल्ला प्रहरी कार्यालय घेराउ गर्दा खलंगा बजार तनावग्रस्त बनेको छ । 

जिल्लाको गुठीचौर गाउँपालिका –३ का १४ वर्षिय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । मृतक बुढा सहित उनका सात जना साथीहरु माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । 

मृतकलाई मोबाइल चोरीको आरोपमा प्रहरीले सामान्य सोधपुछ गरेको डिएसपी प्रहरी माधव काफ्लेले जानकारी दिए  । जिल्ला प्रहरी कार्यालयमा ल्याएर छलफल र सोधपुछ पछि उनलाई छोडिएको प्रहरीले बतायो । यद्यपी मृतकका आफन्तले भने प्रहरीका कुटाइबाट मृत्यु भएको दावी गर्दै प्रहरी कार्यालय घेराउ गरेका छन्  । अहिले  स्थीति तनावग्रस्त बनेको छ  । भिडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र अस्यू्र ग्यास प्रहार गरेको छ । 
१४ वर्षीय पदम बुढा उपचारको लागि माघ ३० गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगेका थिए । उनको खुटामा चोट लागेर सुनिएको अवस्थामा उनी उपचारका लागि अभिभावकसँग अस्पताल पुगेका थिए ।  अस्पतालका निर्देशक अनुप मंगल समालका अनुसार ओपिडिमा उपचार गराउन आएका बुढाको अवस्था नाजुक भएपछि फागुन ४ गते आइसियुमा राखेर उपचार थालिएको थियो । 

अस्पतालमा हाडजोर्नी, सर्जरी लगायतका धेरै विभाग र विशेषज्ञ चिकित्सकहरुले उपचार गरेका थिए । उनको स्वास प्रश्वासमा समेत समस्या देखिएपछि आइसियुमा राखेर उपचार थालिएको उनले बताए । रगतको टुक्राहरु फोक्सामा पुगको कारण बिरामीलाई बचाउन सकिएन् । यद्यपी,मोवाइल चोरी गरेको आरोपमा प्रहरीले जिप्रकामा ल्याएर निर्मम तरिकाले कुटपिट गरेको कारण बुढाको मृत्यु भएको आफन्तले दावी गरिरहेका छन् । 

गुठीचौर गाउँपालिका –३ गज्याङ्गकोटका स्थानीयले घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारबाहीको माग गर्दै सदरमुकाम खलंगामामा आन्दोन गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप भएको हो । झडपमा आधा दर्जन बढी मृत्यकका आफन्त घाइते भएका छन् भने  घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप