शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तरिक्ष विज्ञानको क्षेत्रमा आज बन्दैछ ऐतिहासिक दिन, रचिएला मंगलग्रहमा इतिहास ?

बिहीबार, ०६ फागुन २०७७, १६ : १०
बिहीबार, ०६ फागुन २०७७

आज १८ फेब्रुअरी २०२१ को दिन खगोल विज्ञान,अन्तरिक्ष विज्ञान, परग्रही जीवन विषयक खोज र पृथ्वी बाहेक अन्य कुनै ग्रहमा अभूतपूर्व मानवीय गतिविधि हुने दिशामा महत्त्वपूर्ण बन्नुका साथै ऐतिहासिक दिन बन्न गइरहेको छ। अबको केही घण्टामा आजको दिन ऐतिहासिक उपलब्धिका रूपमा दर्ज हुन गइरहेको छ।

आज रातिसम्ममा अमेरिकी मंगल अभियानको  'पर्सिवरेन्स मार्स रोवर' (Perseverance Mars Rover) ले रातो ग्रहको (red  planet)उपनामले चिनिने मंगल ग्रहमा अवतरण गरेर कीर्तिमान स्थापित गर्छ। नासाले यस सम्बन्धमा दावी गर्दै भनेको छ, 'स्पेस साइन्स'को क्षेत्रमा यो नै अहिलेसम्मको सबैभन्दा सटीक अवतरण साबित हुनेछ।पृथ्वीबाट झण्डै २० करोड किमिको यात्रा गरेर मंगल ग्रहको 'आर्बिट'मा पुगि अमेरिकी 'स्पेस प्रोभ'ले आज नै मंगलको धरातलमा अवतरण गर्ने कार्ययोजना रहेको छ।

आखिर के हो नासाको दावी, किन इतिहासकै अभूतपूर्व अवतरण भन्दै छ ?

नासाले आफ्नो यस अभियानको अवतरणलाई किन अभूतपूर्व भनिरहेको छ ? नासाले यसभन्दा पहिला ५ पटक मंगल ग्रहको धरातलमा आफ्ना रोभर अवतरण गराइसकेको छ।  मंगलमा आफ्नो रोभर अवतरण  गराउने श्रेय अमेरिकासँग मात्रै छ। अमेरिका बाहेक अन्य कुनै पनि देशले आजका मितसम्म यो सफलता पाउन सकेका छैनन्।  चीन यस क्रममा अगाडि  बढेको छ।  चीनको मंगल अभियानको यान तियानवेन -१ मंगल ग्रहको 'आर्बिट'मा पुगि मंगल ग्रहको परिक्रमा गरिरहेको छ।  चीनको मंगल अवतरण गराउने योजना अप्रिल-मेसम्म लम्बिएको छ।

नासाको क्यालिफोर्निया स्थित 'जेट प्रोपल्सन लेबोरेट्री' ( jet  proplsan  laboretry -jpl ) का इन्जिनियर एवं विज्ञानको सारा ध्याउन्न  'पर्सिवरेन्स मार्स रोवर'को सुरक्षित अवतरण गराउनेमा केन्द्रीत भएको छ। अवतरण गर्ने क्रममा अन्तिमका ३० मिनेट हुँदै १५ मिनेट - १० मिनेट - ७ मिनेट - ३ मिनेट - १ मिनेट र अवतरण हुने अन्तिम क्षण भने कुनै पनि अन्तरग्रही अभियानका लागि अत्यन्त  महत्वपूर्ण हुन्छन्।  वर्षौँको प्रयासको सफलता -असफलता यिनै अन्तिमका ३० मिनेट माथि निर्भर गर्छ।  

नासाको 'साइन्स मिसन डायरेक्टोरेट'का  'एसोसिएट एडमिनिस्ट्रेटर' थोमस जर्बुचेन भन्छन् -नासाको 'पर्सिवरेन्स मार्स रोवर'ले मंगल ग्रहको जेजेरो क्रेटर ((Jezero Crater) मा अवतरण गर्छ। यो नासाको अहिलेसम्मको सबैभन्दा महत्वाकांक्षी परियोजना हो। मंगलको यस क्षेत्रमा अवतरण गर्नु अत्यन्त जोखिमयुक्त कार्य हो । स्पेस साइन्सको इतिहासमै 'जेजेरो क्रेटर'मा  अवतरण गर्ने कार्यलाई सबैभन्दा कठिन अवतरणका रूपमा लिइएको छ। 

नासाको वैज्ञानिकहरुको विश्वास छ, मंगलको यस जेजेरो क्रेटरमा अर्बौ वर्ष पहिला नदी बग्थ्यो। जलवायु परिवर्तनका कारण यो नदी सुख्दै तलाउ हुँदै मरुभूमिमा परिणत भयो। वैज्ञानिकहरुलाई यस क्षेत्रमा जीवनका केही जीवाश्म रुपया संकेत मिल्ने आशा छ। यसै कारणले नासाले 'पर्सिवरेन्स मार्स रोवर'लाई 'जेजेरो क्रेटर'मा अवतरण गराउने दुःसाहस गरेको हो। मंगल ग्रहको यो क्षेत्र गहिरो उपत्यका, उजाड पहाड, चुच्चे चट्टान (clif ), बालुवाका अनेकन थुप्राहरु र ढुङ्गैढुङ्गाले भरिभराउ रहेको छ। यस्तो विकट स्थानमा अमेरिकी रोवर कसरी अवतरण गर्छ यो सबैको चासोको विषय बनेको छ।

यसपटक नासाका वैज्ञानिकले रोवर अवतरणका लागि नयाँ प्रविधि प्रयोगमा ल्याएका छन। यस प्रविधिले जटिल परिस्थिति र खतरनाक अपरिचित स्थानमा पनि सजिलै अवतरण गर्न सकिन्छ।
जेपीएलमा कार्यरत मिसनको डेपुटी  प्रोजेक्ट म्यानेजर जेनिफर ट्रोसपर भन्छिन् - हाम्रो टीमले 'पर्सिवरेन्स मार्स रोवर' को सुरक्षित अवतरणसम्बन्धी सारा तयारी गरिसकेका छौँ। हुन त मंगल ग्रहमा अवतरणको ग्यारेन्टी गर्न सकिन्न। मंगल ग्रहमा अवतरण गर्ने ५० प्रतिशत अभियान मात्रै सफल रहेका छन्। नासाले यसपटक प्रयोग गर्ने प्रविधिलाई स्काइक्रेन भनेको छ। रोभरले अन्तिम समयमा प्याराशूटका माध्यमले मंगलमा पाइला राख्ने छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप