शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा जिप दुर्घटना, १ जनाको मृत्यु, ७ जना घाइते

बुधबार, ०५ फागुन २०७७, १९ : ३३
बुधबार, ०५ फागुन २०७७

गुल्मी । गुल्मीको परालमीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु भएको वडाअध्यक्ष शेरबहादुर पहराईले जानकारी दिए । दुर्घटनामा घाइते भएका ७ जनालाई जिल्ला अस्पताल तम्घास पठाइएको वडाअध्यक्ष पहराईले बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले दुर्घटनाको पुष्टि गरेका छन् । उनले जिप दुर्घटना भएको तर प्रहरी टोली त्यहाँ पुगिनसकेकोले मृत्यु पुष्टि गर्न अहिले नै नसकिने जानकारी दिए । जिप सडकबाट करिब ८ सय फिट तल खसेको जनाइएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप