इन्फ्रास्टक्चरको सेयर हुनेले कमाए सबैभन्दा धेरै, ५० र ६० कित्ता हुनेको सेयर मूल्य कति पुग्यो ?
बुधबारको सेयर बजारमा नेपाल इन्फ्रास्टक्चर बैंकले सबैभन्दा बढी कमाएको छ । केही दिनअघि मात्र सेयर कारोबार शुरु भएको इन्फ्रास्टक्चरको आज प्रतिसेयर ४५ रुपैयाँले भाउ वृद्धि भएको छ । बुधबार यसको प्रतिसेयर मूल्य ४ सय ९७ रुपैयाँ कायम भएको छ । सय रुपैयाँमा सेयर किन्नेहरु ३९७ रुपैयाँ बढीले नाफामा गएका छन् ।
कारोबारको हिसाबले पनि इन्फ्रास्टक्चर बैंक नै अगाडी छ । सबैभन्दा बढी कारोबार हुनेमा अग्रस्थानमा परेको निफ्रा ६९ करोड ४३ लाख ६१ हजार ११९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
निफ्राको सेयरको पहिलो कारोबार ३ सय ४० रुपैयाँ प्रतिकित्तामा भएको थियो । इन्फ्रास्टक्चरको २० करोड कित्ता सेयर नेप्सेमा सूचीकरण छ । कसैको हात खाली नपारेको निफ्राको आवेदन दिएका अधिकांशले ५० कित्ता र गोलाप्रथाबाट केहीले ६० कित्ता हात पारेका थिए ।
यस आधारमा निफ्राको ५० कित्ता सेयर हुनेको जम्मा सेयर मूल्य २४ हजार ८ सय ५० पुगेको छ भने ६० कित्ता हुनेको कुल सेयर मूल्य २९ हजार ८ सय २० रुपैयाँ पुगेको छ । बुधबार सेयर बजार ९.९४ अंकले बढेर २६११.४५ बिन्दुमा पुगेको हो । यस दिन ८ अर्ब बढीको सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
कैलालीका ५ पालिकाबिच सीमा विवाद, एक अर्कामाथि बलमिचाइ
-
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत
-
आज सातै प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात
-
बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी