अस्पतालले बढाए स्वास्थ्य परीक्षण शुल्क
काठमाडौं । अस्पतालको बहिरङ (ओपिडी) शुल्क वृद्धि भएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)को बुधबार बसेको बैठकले स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय गरेको हो । बैठकले चिकित्सकले बिरामी जाँच गरेवापत लिन पाउने परामर्श शुल्क बढाउने निर्णय गरेको अफिन र चिकित्सक संघद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अफिन र चिकित्सक संघले माघ ४ गते गरेको सहमतिका आधारमा बहिरङ (ओपिडी) शुल्क बृद्धि गर्ने निर्णय गरेको हो । ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३ सय ७० देखि ८ सय २५ सम्म शुल्क लिन पाउने गरी निर्णय गरिएको हो । नेपाल राष्ट्र बैंकको मुद्रा स्फ्रिती तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको जनाइएको छ ।
नयाँ शुल्कअनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बिडिएस डाक्टरले ३ सय ७०, ५ वर्ष भन्दा माथिकाले ४ सय ५० रुपैयाँ ओपिडी शुल्क लिन पाउने छन् । त्यस्तै एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका तर ५ वर्षभन्दा कम अनुभव भएकाले ५ सय १५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५ सय ९० रुपैयाँ शुल्क लिन पाउँछन् । १० वर्षभन्दा बढी अनुभव भएका एमडी, एमएस र एमडिएस डाक्टरले ८ सय २५ रुपैयाँ शुल्क लिन पाउने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेबाट अर्का एकजना घाइतेको उद्दार
-
१५२ जना विद्यार्थी र शिक्षकलाई काठमाडौं महानगरपालिकाले पुर्यायो गन्तव्यमा
-
हिंसात्मक गतिविधि बन्द गर्न मानवअधिकार आयोगको आग्रह, व्यक्तिको निजी आवास समेत प्रयोग गरी अश्रुग्याँस प्रहार
-
आजको घटनाको जिम्मेवारी सरकारले लिनुपर्छः धवलशमशेर राणा
-
रास्वपा प्रमुख सचेतक परियारको राजावादीले जलाए गाडी
-
सरकारको लापरवाहीले पार्टी कार्यालय तोडफोड भयोः घनश्याम भुसाल