शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
निठल्ला चिन्तन

मंगल ग्रहमा जीवनको खोज, भोलि उड्ने छ मंगल ग्रहमा पृथ्वी निर्मित हेलिकोप्टर

बुधबार, ०५ फागुन २०७७, ११ : ४६
बुधबार, ०५ फागुन २०७७

           

रूचि आफ्नो आफ्नो, स्वाद आफ्नो आफ्नो ।  तपाईंको  रूचि केमा छ ? कुन विषयको, कुन कुरामा तपाईं आरम्भदेखि इतिसम्म जान्न /बुझ्न  प्रयास गर्नुहुन्छ त्यो तपाईंको नितान्त व्यक्तिगत रूचि-मनस्थिति-परिस्थितिमा निर्भर गर्छ। तर यति पक्का हो, तपाईंको रूचि जुन क्षेत्र अथवा विषयमा रहेको हुन्छ, ततसम्बन्धी ज्ञानार्जनका लागि तपाईंको मन - आत्मा सधैँ व्यग्र भइरहेको हुन्छ।

अनेकन मेघावान  एवं प्रज्ञावान पुरुषहरुमा पनि यस्तो व्यग्रता अथवा उत्कण्ठा न्यूरोन सेलका भित्तिभित्तिमा प्रकट अथवा अप्रकट रूपमा लिपिबद्ध रहेको हुन्छ। यसकै   पराभूत अथवा वशीभूत भई उत्कण्ठालाई निर्मूलन वा समग्ररूपेण साक्ष्यसहित परिभाषित गर्न निमग्न हुने कोही डार्विन -आइन्स्टाइन - न्यूटन -  स्टीफन हकिन्स प्रवृत्तिको विज्ञानी र कोहि  शंकराचार्य -रामानुज -प्रवृत्ति एवं कोटिका दार्शनिक अथवा चिन्तक बन्न पुग्छन् । 

पृथ्वीको एउटा जीवनचक्रको प्राणी अर्थात हामी मानवले आफू सभ्य सुसंस्कृत हुनासाथ सोचेको एउटा विषय हो- के उसले  विचरण गर्ने पृथ्वीबाहेक यस चराचर जगतको अर्को कुनै ठाउँमा पनि ऊ जस्तो अथवा अन्य कुनै किसिमको जीवनका प्रारूप छन् ? तपाईंलाई के लाग्छ 'एलियन'सम्बन्धी समस्त अवधारणा, कल्पना, लेखन, फिल्मका साथै पृथ्वीमा घटित भएका कुनै पनि अनौठा घटनाको सम्बन्ध एलियनसंग जोडिनु यसै उत्कण्ठाको जननी होइन र ? तर आजका मितिसम्म पनि आकाशगंगा (मिल्की वे) को केन्द्रबाट ओरियन भुजामा झण्डै   २७ हजार प्रकाशवर्ष टाढा रहेको एउटा मध्यम स्तरको तारा सूर्यको सौर्यपरिवारमा रहेको एउटा मध्यम आकारको ग्रह पृथ्वीबाहेक पृथ्वीका चारैतिर ४६ दशमलब ५ प्रकाशवर्षभन्दा बढी  विस्तृत अन्तरिक्षमा रहेका अरबौं आकाशगंगा र त्यहाँ  रहेका अरबौंअरब  पिण्डहरुमा यससम्बन्धी कुनै साक्ष्य फेला परेका छैनन्। 

९३ प्रकाशवर्ष लम्बाई-चौड़ाई  रहेको ब्रह्माण्डीय संरचनाभित्र रहेका अनन्त खगोलीय पिण्डहरुमा मात्र पृथ्वी नामक ग्रहमा जीवन छ, कम्तिमा उन्नत भनिएका पृथ्वीको विज्ञानले अहिले थाहा पाएसम्म । एक अर्थमा पृथ्वीवासी कतिको एक्लो रहेछन, कहीँ कतैबाट उनको स्वरमा नयाँ स्वर थपिँदैन।

९३ प्रकाशवर्ष लम्बाई-चौड़ाई  रहेको ब्रह्माण्डीय संरचनाभित्र रहेका अनन्त खगोलीय पिण्डहरुमा मात्र पृथ्वी नामक ग्रहमा जीवन छ, कम्तिमा उन्नत भनिएका पृथ्वीको विज्ञानले अहिले थाहा पाएसम्म । एक अर्थमा पृथ्वीवासी कतिको एक्लो रहेछन, कहीँ कतैबाट उनको स्वरमा नयाँ स्वर थपिँदैन। पृथ्वीवासीका गीत - संगीत - स्वर - विचार-  विज्ञान लगायत जीवनका समस्त आयाम एकलकाँटे नै रहिरहेका छन्, कही कतैबाट कुनै किसिमको 'कोरस' मिस्सिन आएको छैन ।

पृथ्वीका मानिसले यस दिशामा आफ्नो प्रयास भने निरन्तर जारी नै राखेका छन् ।  अन्तरिक्ष यात्रा, अन्य खगोलीय पिण्डको यात्रा 'इन्टरस्टेलर' (अन्तरतारकीय क्षेत्र - दुइ ताराका मध्य रहेको शून्याकाश ) क्षेत्रमा पठाइएका  विभिन्न अन्तरिक्ष यानका अन्य प्रयोजन भए पनि एउटा प्रमुख प्रयोजन भने त्यहाँ जीवनको सम्भावना खोजी गर्नु पनि रहेको छ। तर आजसम्मका यस्ता सबै प्रयासका परिणाम भने हिंदी गीत 'अकेले है चले आओ जहाँ हो, कहाँ आवाज  दे तुमको कहाँ हो, अकेले है चले आओ'को भाव, आशय र पुकार झै निष्फल रही आएको छ।

 यसै खोज श्रृङ्खलामा एउटा मानवीय प्रयास भोलि  १८ फेब्रुअरीका दिन सम्पन्न हुन गइरहेको छ। अमेरिकाले मंगल ग्रहमा अवतरण हेतु पठाएको मंगलयानले भोलि मंगल धरातलमा अवतरण (ल्याण्ड) गर्ने कार्यक्रम छ। अभियानको अवतरण गर्ने रकेटले (desend rocket) एउटा क्याप्सुलभित्र सुरक्षित राखिएको 'रोभर पर्सीवेरेन्स' (rover Perseverance) लाई मंगल ग्रहको सतहमा ओराल्ने छ। यस अमेरिकी अभियानमा पहिलो पटक मंगलको आकाशमा हेलिकोप्टर उडाइने छ। 'रोभर पर्सीवेरेन्स' र ड्रोन हेलिकोप्टर 'इनजेनुइटी'   (Ingenuity) को प्रमुख काम नै मंगल ग्रहमा जीवनका जीवाश्म खोजनेमा केन्द्रित हुनेछ।

वैज्ञानिकहरुलाई थाहा छ– अहिले मंगलमा हामीले बुझे जस्तो जीवनका कुनै चिन्ह छैनन्। के अरबौं वर्ष पहिला मंगलमा जीवन थियो ? के त्यसबेला भएको जीवनका केही जीवाश्म अझै त्यहाँ  लुकेर रहेका छन् ? रोभर र हेलिकोप्टरले यसैबारे त्यहाँ सूक्ष्म अध्ययन गर्ने छन् । रोभर र हेलिकोप्टरले सङ्कलित गरेका  साक्ष्य पृथ्वीमा ल्याउन अमेरिकाले पुनः त्यस दिशामा अर्को यान पठाउने छ। भविष्यमा हुने अमेरिकी मंगल अभियानको प्रयास अहिलेको अभियानमा संकलित 'स्याम्प्लस' पृथ्वीमा ल्याई पुर्‍याउने हुनेछ।

https://mars.nasa.gov

वैज्ञानिकहरुलाई थाहा छ– अहिले मंगलमा हामीले बुझे जस्तो जीवनका कुनै चिन्ह छैनन्। के अरबौं वर्ष पहिला मंगलमा जीवन थियो ? के त्यसबेला भएको जीवनका केही जीवाश्म अझै त्यहाँ  लुकेर रहेका छन् ? रोभर र हेलिकोप्टरले यसैबारे त्यहाँ सूक्ष्म अध्ययन गर्ने छन् ।

नासाले आफ्नो यस अभियानलाई टेक्नोलॉजी डेमन्सट्रेशन' (Technology Demonstration) का रूपमा लिएको छ। नासाले ६ पांग्रा भएको 'रोभर पर्सीवेरेन्स'मा थुप्रै क्यामेरा, माइक्रोफोन र विभिन्न वैज्ञानिक उपकरण जडान गरेको छ। यस रोभरले मंगल ग्रहमा खनेर–खोस्रेर  नमूना एकत्र गर्छ।

नासाले रोभरसंग पठाएको ड्रोन जस्तो हेलिकोप्टर ४ पौण्ड अर्थात १ दशमलब ८ किलोग्राम को रहेको छ। यसमा हेलिकोप्टर झै घुम्ने पंखा (ब्लेड्स ) रहेका छन्।  यी ब्लेडले सामान्य हेलिकोप्टरको ब्लेडभन्दा ५ गुना बढी गतिले घुम्ने सामर्थ्य बोकेका छन्। यस हेलिकोप्टरमा पनि कैयन क्यामेरा र माइक्रोफोनका साथै अन्य उपकरण जड़ित रहेका छन्। यसमा  रहेका उपकरणले मंगल ग्रहका 'रिटर्न ट्यूब्स चट्टान' (return  tubes  rocks ) बाट नमूना संकलित गरी जीवाश्म अध्ययन गर्छन्।

नढाँटी भन्नुस् तपाईंले आफ्नो जीवनका लागि साथी खोज्ने काममा कति धन व्यय गर्नु भएको छ ? कसैले यदि त्यो धनलाई अनाहकमा खर्च गरिएको प्रतिक्रिया दिन्छ भने उसलाई भनी दिनुस्– हेर भाइ पृथ्वीको विज्ञान र वैज्ञानिकले मानिसको साथी खोज्न कति धन व्यय गरिरहेका छन ! त्यसका सामु मैले खर्च गरेको धन केही पनि होइन। र, धनको वास्तविक उपयोग नै आफ्नो रूचि, इच्छा, चाहना, कामना, अपेक्षा, अभीप्सा, स्वपन र मनले आकर्षित गरेको काममा विनियोजित हुनु नै  पर्ने होइन र ?

Title Photo: https://mars.nasa.gov

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र

लेखक अध्यात्म र विज्ञानमा विशेष रुचि राख्छन् ।

लेखकबाट थप