बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय

‘नगरपालिकाको भ-याङ्ग र बाटोमा बसेर काम गर्नु पर्ने बाध्यता’

मङ्गलबार, ०४ फागुन २०७७, २१ : ४८
मङ्गलबार, ०४ फागुन २०७७

भक्तपुर । चाँगुनारायण नगरपालिका हाल भाडामा लिएको घरमा स्थान अभावको कारणले कर्मचारीले कार्यालयको भ-याङ्ग र बाटोमा बसेर काम गर्नु पर्ने बाध्यता छ । त्यसैलाई मध्य नजर गर्दै २०८० साल बैशाखमा निर्माण सम्पन्न हुने गरि नगरपालिकाको नयाँ भवन निर्माणको मंगलबार शिलान्यास भएको छ । 
नगरपालिकाको वडा नं. ५ स्थित घुमाउनेमा बोलपत्र आवहन गरि करिब २५ करोड ४६ लाख २५ हजार रुपैँयाको लागतमा नयाँ भवन बनाउने गरि निर्माण व्यवसायीसँग सम्झौता भएको छ । 

नगरपालिकाको प्रशासनकी भवन, सेमिनार हल, एमओइसी भवन, ६ वटा सहायक भवन, क्यान्टिन, गार्ड घर, नगरपालिकासम्म आउने भित्री बाटोको निर्माण हुने नगरपालिकाका इन्जिनियर रुपेश गेलालले बताए ।

उक्त भवन मध्ये कलात्मक र परम्परागत शैलीमा निर्माण हुने प्रशासनीक भवन ३ हजार ६४० स्क्वायरफिटमा ६ तल्लाको हुनेछ । चाँगुनारयण नगरपालिकाका नगरप्रमुख सोम प्रसाद मिश्रले ठाउँ अभावमा फाइल हराउने गरेको, ठाउँ अभावमा कर्मचारी कार्यालयको भ-याङ्ग र बाटोमा बसेर समेत काम गर्नु पर्ने अवस्था नयाँ भवन निर्माण भएपछि हट्ने बताए । 

नगरपालिकाका प्रमुख मिश्रले नयाँ भवनका लागि रुं ६० करोडको डिपिआर गरे पनि लागत घटाइएको बताउदै आवास र अतिथि गृहको भवन भने अहिलेको बजेटमा निर्माण नगरी दोश्रो चरणमा निर्माण जानकारी दिए । जग्गा सार्वजनिक रहेको ३० रोपनी क्षेत्रफलमा भएपनि २२ रोपनि मात्र उपयोग योग्य छ, मिश्रले भने । 

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बास्तोला, नेपाली कांग्रेसका नेता राजाराम खड्का, निर्माण व्यवसायी राजकुमार बस्ताकोटी, प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीलगायतको उपस्थिती रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप