शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राधा–कृष्णको तस्बिरले श्रीमान् श्रीमतीबीच हुने झगडालाई टाढा राख्छ, मात्र यी वास्तु नियम अपनाउनुहोस्

मङ्गलबार, ०४ फागुन २०७७, १६ : ५१
मङ्गलबार, ०४ फागुन २०७७

श्रीमान् श्रीमतीबीच थोरै झगडा हुनु त सामान्य कुरा हो तर यदि उनीहरुबीच स–साना कुरामा झगडा हुन्छ, मनमुटावको स्थिती रहन्छ भने यो तपाईंको घरमा वास्तु दोषका कारण पनि हुनसक्छ । यसका कारण घरको माहौल बिग्रन्छ र नकारात्मकता आउँछ । वास्तुशास्त्रमा यस्ता विभिन्न समस्यासँग जुध्नका लागि विभिन्न उपाय बताइएका छन् ।

राधा–कृष्णको तस्बिरले बढाउनेछ प्रेमः

१. राधा कृष्णको विवाह भएको थिएन तर उनीहरुबीच यति साँचो प्रेम थियो कि आजको समयमा पनि उदाहरण मानिन्छ । वास्तुका अनुसार यदि राधा र कृष्णको तस्बिर बेडरुममा राख्ने हो भने यसले श्रीमान्–श्रीमतीबीच कम झगडा हुन्छ र उनीहरुको सम्बन्ध दिन प्रतिदिन राम्रो हुँदै जान्छ ।

२. तर तस्बिर राख्ने बेला त्यसमा राधा र कृष्णको मात्रै तस्बिर हुनुपर्छ र एक अर्कालाई प्रेमपूर्वक हेरिरहेको हुनुपर्छ । कृष्णसँग अन्य गोपिनी भने हुनुहुँदैन ।

३. रातो रङको फ्रेममा राधा–कृष्णको तस्बिर निकै राम्रो मानिन्छ । साथै, यो यस्तो स्थानमा लगाउनुपर्छ जहाँ सिधा नजर परोस् । यदि सुतेर उठेपछि तपाईंको पहिलो नजर राधा–कृष्णको तस्बिर पर्छ भने, यो थप शुभ मानिन्छ ।

४. वास्तु शास्त्रका अनुसार बेडरुममा कहिले पनि भड्किलो रङको पेन्ट गर्नु हुँदैन । आनन्द दिने खालको रङ लगाउनुपर्छ । बेडरुममा हुने राम्रो र नराम्रो ऊर्जाले पनि श्रीमान्–श्रीमतीको सम्बन्धमा पनि प्रभाव पार्छ ।

५. जुन भित्तामा राधा–कृष्णको तस्बिर राखिएको छ, त्यसको अगाडिको भित्तामा तपाईंले आफ्नो र श्रीमतीको विवाहको तस्बिर राख्नुहोस् । यसो गर्दा पनि सम्बन्ध राम्रो हुन्छ ।

६. बेडरुममा कहिले पनि तिखो वा काँटादार वस्तु नराख्नुहोस् । हल्का बास्नाका लागि परफ्युम प्रयोग गर्नुहोस् । इलेक्ट्रोनिक ग्याजेटलाई सम्भव भएसम्म बेडरुमबाट टाढा नै राख्नुहोस् र एक–अर्कालाई समय दिनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप