बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमिकस क्युरीका तर्फबाट कार्कीको राय : ‘विघटन संसदीय व्यवस्थाको मुल मर्म हो’

मङ्गलबार, ०४ फागुन २०७७, १५ : ०७
मङ्गलबार, ०४ फागुन २०७७

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा एमिकस क्युरी (अदालतको सहयोगी) ले राय दिन थालेको छ । मंगलबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले एमिकस क्युरीलाई आफ्नो राय दिन समय दिएको हो । 

जसअनुसार नेपाल बारको रिफारिसमा एमिकस क्युरी चयन भएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राय दिएका छन् । 
संसदीय शासन प्रणालीमा विघटन संसदीय व्यवस्थाको मुल मर्म भएको उनको भनाइ छ । ‘संसदीय प्रशासन प्रणाली र स्वतः हुने विघटनलाई  संविधानले मान्छ कि मान्दैन भन्ने कुरामा प्रष्ट हुनुपर्छ । तर, संसदीय शासन प्रणालीमा विघटन भन्ने कुरा हुन्छ’, उनको भनाइ छ, ‘धारा ७४ पूर्ण छैन । संविधानको ब्याख्या एकै जनाले गर्न सक्ने कुरा पनि होइन ।’ 

संविधानको धारा ७६ को उपधारा ७ का साथै धारा ८५ मा समेत अगावै विघटन भएमा भन्ने व्यवस्था रहेको उनको भनाइ छ । ‘संसदीय प्रणालीमा विघटन भनेको कोर भ्यालु (मुल मर्मं) हो । दुई वर्षभित्र अविश्वास प्रस्ताव राख्न नपाउने संविधानले भनेको छ । त्यो बीचमा डेडलक भयो भने के गर्ने ?’ उनले भने । 

यसैगरी कार्कीले गिरिजाप्रसाद कोइरालाले २०५१ मा संसद विघटन गरेको उदाहरण दिँदै उनले त्यतिबेला जसरी विघटन भएको थियो अहिले नभएको तर्क गरे । ‘गिरिजाप्रसाद कोइरालाले विघटन गर्दा जे भएको थियो यो, पटक यस्तो भएको छैन । त्यो बेला उनले विघटन गर्दा संसदीय दलमा पनि आफ्नो बहुमत शो गरेका थिए । अहिलेको हकमा संसदीय दलमा त्यसको भएन ’, उनको भनाइ छ ।

निष्कर्षमा भने कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने राय सुनाएका छन् । 

अध्यावधिक गरिएको
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप