बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटनको विकासका लागि २ सय स्थानीय तहमा बन्ने भए यस्ता आयोजना

निर्माण प्रक्रिया शुरु गर्न मन्त्रालयको निर्देशन
मङ्गलबार, ०४ फागुन २०७७, १२ : ३३
मङ्गलबार, ०४ फागुन २०७७

पर्यटन क्षेत्रको विकासका लागि स्थानीय तहमा पर्यटन पूर्वाधार निर्माण गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीय तहलाई निर्देशन दिएको छ । पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि माघ २९ गतेको मन्त्रीस्तरको निर्णयले छनौट भएका आयोजनाको प्रक्रिया अघि बढाउन मन्त्रालयले भनेको हो । 

छनौट भएका आयोजनामा पदमार्ग, चिल्ड्रेन पार्क, संग्रालय, पिकनिक स्पट, शौचालय पार्क, मन्दिर, उद्यान, विश्राम स्थलदेखि भ्यूटपसम्मका पर्यटकीय आयोजना छनौट भइ मन्त्रालयले स्थानीय तहसँग सम्झौता गरिसकेको छ । 
 स्थानीयत तहले सम्झौता गरेको बाहेक अन्य कार्यक्रममा बजेट खर्च गर्न नपाउने मन्त्रालयले स्पष्ट पारेको छ । स्थानीय तहले विभिन्न १३ शर्त पालना गर्नुपर्ने भिनएको छ  ।

कार्यक्रम कार्यान्वयन गर्दा विद्युतीय माध्यममार्फत बिडिङ गर्नुपर्ने, ठेक्का सम्झौता भएपश्चात सम्झौता रकमको मन्त्रालयले बेहोर्ने भारको २० प्रतिशत रकम प्रथम किस्ता वापत स्थानीय तहमा पठाइने, कार्य सम्पन्न गर्नुपर्ने अनितम मिति एक वर्षे आयोजनाको हकमा २०७८ फागुन मसान्त, २ वर्षे आयोजनाको हकमा २०७९ फागुन मसान्त, ३ वर्षे आयोजनाको हकमा २०८० फागुन मसान्तसम्म हुने छ  । यस्तै कार्यक्रम समयमै सक्नुपर्ने र एक महिनाभित्र भुक्तानी माग गर्नुपर्ने लगायतका शर्त राखिएको छ । 

पूर्वाधार निर्माणको काम शुरु गर्न पर्यटन मन्त्रालयले २ सय पालिकालाई निर्देशन दिएको हो । १ करोड माथि देखि सात करोडसम्म लागत अनुमान गरिएका पर्यटन आयोजनाको निर्माणका लागि मन्त्रालयले सर्कुलर गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप