शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फाइजरको भ्याक्सिन ट्रायलमा झैं 'वास्तविक संसार'मा पनि  ९४ प्रतिशतसम्म प्रभावकारी

मङ्गलबार, ०४ फागुन २०७७, ११ : ४८
मङ्गलबार, ०४ फागुन २०७७

फाइजरको भ्याक्सिन वास्तविक दुनियाँमा पनि ९४ प्रतिशतसम्म प्रभावकारी रहेको बताइएको छ । इजराइलमा आयोजित खोप अभियानबाट प्राप्त डाटाका अनुसार लक्षणसहितको संक्रमणमा यो खोप ९४ प्रतिशतसम्म प्रभावकारी रहेको पत्ता लागेको हो ।

यो खोपले क्लिनिकल ट्रायलमा झैं ठूलो जनसंख्यामा पनि निकै राम्रो काम गरिरहेको छ ।

यो खोपले सबै उमेर समूहका लागि गम्भीर संक्रमण रोक्न निकै प्रभावकारी ढङ्गले काम गर्ने बारे पुष्टि भइसकेको प्राध्यापक डाक्टर हागाई लेभिनले जानकारी दिए ।

‘हामीले मुख्य प्राथमिकतामा अत्यधिक जोखिममा रहेका समूहलाई राख्यौं,’ उनले भने ।

इजराइलको सबैभन्दा ठूलो स्वास्थ्य कोष क्लालिटले खोप लगाएका ६ लाख संक्रमित व्यक्ति र त्यति नै संख्याका खोप नलगाइएका व्यक्तिबारे अनुसन्धान गर्यो । उनीहरुको उमेर र स्वास्थ्य स्थितीबीच पनि मेल गराइयो ।

यसो गर्दा खोप लगाइएका ९४ प्रतिशत कम व्यक्तिमा संक्रमण देखियो ।

यो खोप लगाएका मानिसहरुको मेडिकल रेकर्डलाई आधार मानेर गरिएको हो ।

फाइजरको भ्याक्सिनले भ्याक्सिनले गम्भीर रोगको प्रायः सबै केस रोकेको छ ।

यो ढाँचा ७० वर्ष नाघेकासहित लगभग सबै उमेर समूहमा उस्तै देखियो ।  ७० वर्ष नाघेकाहरु क्लिनिकल ट्रायलमा सायद समावेश भएका थिएनन् ।

यद्यपि, यो डाटा आधिकारिक रुपमा प्रकाशित भने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप