उद्यमशील बनाउने रोलिङ नेक्ससको एउटा प्रयास
ठमेलकी हरिदेवी श्रेष्ठ सभा नेपालमा काम गर्न थालेको १० वर्ष भयो । घरेलु खाना विशेषगरी योमरी, चटामरी, समयबजी लगायतको परिकार बनाउने उनलाई लकडाउनमा आफूले बनाएको परिकारले बजार नपाउँदा पिरोलेको थियो । जब फेसबुकमा रोलिङ बजार देखिन् उनले तुरुन्त सम्पर्क गरिन् र आफ्नो उत्पादन बजारसम्म पुर्याइदिन मदत मागिन् । अहिले रोलिङले उनी र उनीजस्ता सभा नेपालकै ७० जना महिलाले उत्पादन गरेका विभिन्न परिकार अनलाइनमार्फत डेलिभर गर्दै आएको छ । आफ्नो उत्पादनको माग बढ्न थालेपछि हरिदेवी अहिले दङ्ग छिन् ।
यता बनेपा २ की विमला श्रेष्ठ पनि अचार, कम्पोस्ट मल, अमिलो लगायतका परिकार बनाउँछिन् । उनी रोलिङ नेक्ससको सम्पर्कमा आएपछि उनको उत्पादन रोलिङ बजारले बजारसम्म लगिदियो । अहिले उनको उत्पादनको माग दोब्बर बढेको श्रेष्ठ सुनाउँछिन् । भन्छिन्, ‘रोलिङको भाइ आएर हाम्रो उत्पादन अनलाइनमा राखिदिनुभयो । अहिले त माग दोब्बर नै बढेको छ । डेलिभरी उहाँहरुले नै गरिदिनुहुन्छ ।’ विमलालाई अब आफ्नो उत्पादन बजारसम्म पुर्याउन कुनै चिन्ता छैन ।
यी त रोलिङले बजारीकरण गरिदिएको प्रतिनिधि उदाहरण हो । विगत लामो समयसम्म रोजगारदाता र श्रमिकको बीचमा रहेर पुलको काम गरेको रोलिङ अब आफूलाई त्यतिमा मात्र खुम्च्याउन चाहँदैन । यसले उद्यमशीलता प्रवद्र्धनका लागि र उद्यमी बनाउन अहिले व्यावसायिक सञ्जाल नै खडा गरेको छ । २ वर्ष लगाएर विभिन्नि १३ मोडलका सञ्जाल खडा गरेको छ । स्वदेशकै उत्पादनको बजारीकरण र उद्यमी बनाउने उद्देश्य लिएको रोलिङले अहिलेसम्म ३ सय जना उद्यमीको उत्पादनको बजार व्यवस्थापनको साथी बनेको छ ।
यसका १३ विभिन्न मोडल भएकाले नेटवर्कको नाम रोलिङ नेक्सस राखेको छ । युवा उद्यमी अनुपजङ्घमले सुरु गरेको एउटा जब सर्च सेन्टर अहिले उद्यमी बनाउन लम्किरहेको छ ।
रोलिन नेक्सस भनेको एउटा नेटवर्क हो । जुन व्यावसायिक सामाजिक सञ्जाल हो । विगत १६ वर्षदेखि गर्दै आएको आफ्नो कामलाई यथावत् राख्दै रोजगारी र उद्यमशीलता विकास गर्ने उद्देश्यले लिइएको व्यावसायिक सामाजिक सञ्जाल १८ वर्षदेखि ६५ वर्ष उमेर समूहसम्मका लागि उपयोगी हुने रोलिङ नेक्ससका अध्यक्ष अनुप जङ्घम बताउँछन् ।
कोरोनाकै कारण कयौँले रोजगरी गुमाएका छन्, वैदेशिक रोजगारीबाट फर्कनेहरु पनि उत्तिकै छन् । कोही पनि बेरोजगार र बिना उद्यम बस्नु नपरोस् भन्ने उद्देश्यले ल्याइएको यो नेटवर्क यही फागुन १७ गते औपचारिक सुरुवात हुँदैछ । यद्यपि यसले आफ्नो थिमअनुसारको काम भने सुरु गरिसकेको छ । नयाँ सम्भावनाको सञ्जालको नारा दिएको रोलिङ नेक्ससभित्र राजनीति छलफल, सीप सिक्ने, जागिर खोज्ने, वैदेशिक रोजगरामा गएर अलपत्र परेकाको आवाज सम्बन्धित निकायसम्म पुर्याइदिने, उत्पादन गरेको वस्तुका लागि बजार खोजिदिने, भर्चुअल काउन्सिलिङ, ब्युटिटिप्स, विजनेस टेन्डर लगायत १३ तरिकाबाट काम गर्छ ।
कोही व्यक्ति विदेशबाट कमाएर फर्केको छ । ऊसँग पैसा छ तर सो पैसा कसरी लगानी गर्ने भन्ने आइडिया नभएकाहरुलाई केमा लगानी गर्ने भन्ने विषयमा रोलिङले काउन्सिलिङ गरिदिन्छ ।
सरकारले आर्थिक समृद्धिको नारा लिएको छ । देशभित्रै रोजगारी सिर्जना गर्ने र विदेश जाने अवस्थाको अन्त्य गराउँदै लैजाने वर्तमान सरकारको योजना पनि हो । सरकारकै योजना अनुसार स्वदैशमै रोजगारी सिर्जना र उद्यमशीलता विकासमा रोलिङ सहयोगी बन्ने कम्पनीको भनाइ छ । रोलिङले अहिलेसम्म ३ सयलाई उद्यमी बनाएको छ भने २ हजार जना उद्यमशीलता विकास गर्ने योजना लिएको छ । ४८ जनाको युवाको समूहबाट सञ्चालित रोलिङको मुख्य लगानीकर्ता भने अनुप नै हुन् । यसमा २२ जना युवाहरुको आईटी टिम छ ।
रोलिङ नेक्ससभित्र छिर्न के गर्ने ?
रोलिङ नेक्ससका सबै मोड्युल (अनुखण्ड) को सेवा लिन सुरुवाती लगइनबाटै सम्भव छ । रोलिङ नेक्सस डट कममा गई आफ्नो इमेल राखी नयाँ प्रोफाइल बनाउनुपर्ने हुन्छ । यो सामाजिक सञ्जाल फेसबुक चलाएजस्तै सहज छ । रोलिङ नेक्ससमा सुरुमै लगइन गरी आफ्नो प्रोफाइल बनाएपछि आफू सुहाउँदो मोड्युल र आफ्नो व्यवसाय सुहाउँदो सेवा लिन सकिन्छ । रोलिङ नेक्ससमा रहेका सबै (१३ मोड्युल) १८ वर्षदेखि ६५ वर्ष उमेर समूहसम्मका कामकाजीका लागि उपयोगी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?
-
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
-
पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने