शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुरुषका लागि सुपरफूड हुन् यी १० खानेकुरा, यौन जीवन पनि उत्कृष्ट हुने

सोमबार, ०३ फागुन २०७७, १६ : ५६
सोमबार, ०३ फागुन २०७७

महिलाजस्तै पुरुषलाई पनि केही विशेष पोषक तत्वको आवश्यकता पर्छ । पुरुषमा इरेक्सन र यौनसँग सम्बन्धित विभिन्न समस्या हुन्छन् । साथै, पुरुषमा पोस्टेट क्यान्सरजस्ता गम्भीर रोगको खतरा पनि रहन्छ । केही यस्ता खानेकुरा छन् जसले पुरुषको यौन जीवनका साथै स्वास्थ्य पनि सुधार्ने काम गर्छ । यस्ता खानेकुराले रोगबाट पनि जोगाउँछ भने शरीरलाई फिट राख्छ । आउनुहोस्, यस्ता खानेकुराबारे जानकारी लिऔं ।

फ्याटी फिशः

साल्मन, हेरिंग, सार्डिन र हलिबेटजस्ता फ्याटी फिश हेल्दी फ्याटको निकै राम्रो स्रोत हो । यसमा पाइने ओमेगा थ्री फ्याटी एसिडले मुटुरोगबाट जोगाउँछ । शोधका अनुसार महिलाको तुलनामा पुरुषमा मुटुरोगको समस्या बढी हुन्छ । त्यसैले आफ्नो खानामा फ्याटी फिश पक्कै पनि समावेश गर्नुहोस् ।

चकलेटः

सन्तुलित मात्रामा चकलेट खाँदा रक्त संचारमा सुधार आउँछ । डार्क चकलेटमा फ्लेवनल अत्यधिक मात्रामा पाइन्छ जसले ब्याड कोलेस्ट्रोललाई कम गर्छ, रक्त सञ्चार सही राख्छ र रक्तचाप पनि नियन्त्रण गर्छ । जुन पुरुषमा रक्त सञ्चार सही तरिकाले हुँदैन उनीहरुमा इरेक्सनसँग सम्बन्धित समस्या बढी हुने सम्भावना रहन्छ । त्यसैले पुरुषले सन्तुलित मात्रामा चकलेटको सेवन गर्नुपर्छ ।

अदुवाः

अदुवामा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । व्यायामका बेला थुप्रै पुरुषको मांसपेशीमा संकुचन आउँछ जसका कारण शरीर दुख्ने गर्छ । अदुवाले मांसवेशीको चोटमा आराम प्रदान गर्छै र पीडा र सुन्निने समस्यालाई पनि कम गर्छ ।

दुध र दहीः

दुध र दही ल्यूटिनको निकै राम्रो स्रोत हो । यो अमिनो एसिडले विशेष रुपमा मांसपेशी बनाउन मद्दत गर्छ । दहीमा प्रोटिन, पोटासियम र राम्रो ब्याक्टेरिया हुन्छ जसले आन्द्रालाई स्वस्थ राख्छ ।

सोया फूड्सः

विभिन्न शोधका अनुसार सोया फूड्सले पुरुषमा हुने प्रोस्टेट क्यान्सरबाट जोगाउने गर्छ । यसबाहेक यसले एस्ट्रोजन हार्मेन पनि बढाउँछ । पुरुषले आफ्नो खानामा सोयाबिन, टोफू, मीसो सूप र सोया दुध समावेश गर्नुपर्छ ।

रंगी बिरंगी सागसब्जीः

रंगी बिरंगी सागसब्जी बिटा क्यारोटिन, ल्यूटिन र भिटामिन सीले भरपुर हुन्छ । शोधका अनुसार यी पोषक तत्वले बढेको प्रोस्टेटलाई कम गर्छ । यसका लागि आफ्नो खानामा गाजर, फर्सी, शख्खरखण्ड र क्याप्सिकम समावेश गर्नुहोस् ।

हरियो पत्तेदार सागसब्जीः

पालुङ्गो र केरा आँखाका साथै प्रोस्टेटका लागि पनि राम्रो मानिन्छ । यसमा ल्यूटिन र जेक्सेन्धिन भरपुर मात्रामा पाइन्छ । यी दुई पोषक तत्वले मोतीबिन्दू र उमेरसँगै हुने रोगबाट जोगाउँछ ।  

अण्डाः

अण्डाले ल्यूटिन, प्रोटिन र आइरन प्रदान गष्र्छ तर यसका लागि तपाईंले एउटा पूरै अण्डा खानुपर्छ । अण्डाको नानीमा १८५ एमजी कोलेस्ट्रोल हुन्छ जुन स्वस्थ व्यक्तिलाई एक दिनमा चाहिन्छ । यदि तपाईं अण्डा खाइरहनुभएको छ भने हाई कोलेस्ट्रोलयुक्त खानेकुरा नखानुहोस् ।

ब्राउन राइसः

ब्राउन राइस फाइबरको उत्कृष्ट स्रोत हो । यदि तपाईंलाई ब्राउन राइस मन पर्दैन भने यसमा तपाईं थोरै सेतो चामल पनि मिसाउन सक्नुहुन्छ । ब्राउन राइसले स्वस्थ तौल बढाउँछ र मुटुरोग र टाइप टु मधुमेहको खतरालाई कम गर्छ ।

एभोकाडोः

एभोकाडोमा मोनोस्याचुरेटेड फ्याट हुन्छ जसले बढेको ब्याड कोलेस्ट्रोललाई कम गर्छ । स्याचुरेटेड र ट्रान्स फ्याटको साटो आफ्नो खानामा मोनोअनस्याचुरेटेड फ्याट समावेश गर्नुहोस् । २५–३५ प्रतिशतभन्दा बढी क्यालोरी फ्याटको सेवन नगर्नुहोस् । ओलिभ ओइल र नट्समा पनि गुड फ्याट हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप