सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

आगामी बजेट निर्माणको तयारी शुरु, भन्सार विभागले माग्यो सुझाव

सोमबार, ०३ फागुन २०७७, १२ : ५०
सोमबार, ०३ फागुन २०७७

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (२०७८/७९) को बजेट निर्माणको तयारी थालेको छ । आगामी वर्षको बजेटमा पार्न भन्सारको विषयमा सरोकारवालासँग सुझाव माग भएको छ । राजस्व परामर्श समितिलाई राय सुझाव दिन गठिन भन्सार उपसमितिको माघ २७ को निर्णय अनुसार राय माग गरेको हो । 

यहि फागुन १४ गतेभित्र के कति भन्सार दरमा पुनरावलोकन गर्नुपर्ने हो, भन्सार मूल्याङ्कन प्रणालीको सुधार, सरलीकरण भन्सार प्रक्रिया, व्यापार सहजीकरण र सिमा व्यवस्थापन, भन्सार ऐन तथा नियमावलीमा गरिनुपर्ने संशोधन जस्ता विषयको राय तथा सुझाव माग गरेको भन्सार विभाग नीति तथा महसुल शाखाले जनाएको छ ।  सुझाव भन्सार विभागको सो शाखामा इमेल तथा फोन मार्फत पनि दिन सकिनेछ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप