शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीनजना कोरोना संक्रमित भेटिएपछि न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहरमा लकडाउन

आइतबार, ०२ फागुन २०७७, १५ : ११
आइतबार, ०२ फागुन २०७७

कोरोनाभाइरसका कारण न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर अकल्याण्डमा लकडाउन लागू गर्नु परेको छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेन्टले कोरोनाभाइरसका तीन नयाँ संक्रमित भेटिएलगत्तै अकल्याण्ड शहरमा तीन दिनको लकडाउन आदेश दिएकी छिन् ।

न्यूजिल्याण्डले कोरोनाभाइरससँग जुध्नका लागि निकै प्रभावकारी कदम उठाएको भन्दै विश्वव्यापी वाहवाही पाएको छ । न्यूजिल्याण्डले उत्कृष्ट रणनीति अपनाएर काम गरेको भन्दै देशमा थुप्रै महिनासम्म सामुदायस्तरमा संक्रमण फैलनसमेत दिएन ।

अघिल्लो वर्ष कोरोना महामारीको सुरुवातमा नै न्यूजिल्याण्डले आफ्ना सबै सीमा सील गरेको थियो ।

लगभग ५० लाखको जनसंख्या भएको यो देशमा कोरोनाका लगभग २३०० संक्रमित भेटिए र २५ जनाको मृत्यु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप