बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

माडीमा शुक्रबारदेखि फुटवल प्रतियोगिता

बिहीबार, १९ असोज २०७४, १९ : ५०
बिहीबार, १९ असोज २०७४

चितवन– चितवनको माडीमा सर्वाधिक धनराशिको फुटवल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ ।

साइड नेपाल वसन्तपुरको आयोजनामा शुक्रवारबाट सुरु हुने खेलमा माडीभरिका २६ टिमको सहभागिता रहने आयोजकले वताएको छ । फुटवल प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ सहित आर्कषक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २७ हजार ७ सय ७७ सहित आर्कषक ट्रफी प्राप्त गर्नेछ ।

त्यसवाहेक उत्कृष्ट खेलाडी, म्यान अफ द सिरिज,उत्कष्ट डिफेन्सर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कष्ट मिल्डफिल्डर, उत्कृष्ट टिम म्यानेजर लगायतलाई सम्मान गरिने आयोजक कमिटीका खेल संयोजक रामु क्षेत्रीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप