ad
केन्द्रीय संस्करण

साम्राज्यवाद, जनयुद्ध र नयाँ कार्यदिशा

person explore access_timeफागुन १, २०७७ chat_bubble_outline0

दोस्रो विश्वयुद्धपछि साम्राज्यवादले आफूलाई प्रत्यक्ष औपनिवेशबाट अप्रत्क्ष नवऔपनिवेशमा बदल्यो । राजनीतिक अधिपत्यकै आधारमा साम्राज्यवादी शक्तिबीच प्रभाव क्षेत्रको विभाजन गरी आफ्ना कठपुतली सरकारहरू बनाएर राजनीतिक, आर्थिक, सांस्कृतिक एवं सामरिक रूपमा शाोषण र उत्पीडनलाई तीव्र पा-यो । शीतयुद्धको अन्त्यपछि एक धु्रवीय बनेको साम्राज्यवादले वित्तीय पुँजीको माध्यमबाट नवऔपनिवेशलाई सुदृढ ग-यो । सबै साम्राज्यवादी शक्तिहरू मिलेर अविकसित राष्ट्रहरूलाई शोषण र उत्पीडन गर्ने तरिका साम्राज्यवादको पछिल्लो रणनीति हो । अमेरिकाले सबै साम्राज्यवादको नेतृत्व गरे पनि उनीहरूको बीच तीव्र अन्तरविरोध भने कायमै रह्यो ।

पुँजीवादीहरूले ठूलो धनराशी खर्च गरेर पुँजीवादी विचारलाई सुदृढ गर्न र माक्र्सवाद र कम्युनिस्ट आन्दोलनलाई परास्त गर्न गम्भीर समीक्षा, खोज, अनुसन्धान गरी फ्रेरिक नित्सेको ‘सत्य मिथक’ (मोटाफोर) भन्ने विचार, फ्रयाङ्कफर्ट स्कुल, मिखायल फुकोको ‘शक्तीले सत्य निर्माण गर्छ’, फ्रान्सीस फुकोयामाको  ‘इतिहासको अन्त्य र अन्तिम मान्छे –१९९२’ र पहिचानसम्बन्धी विचार, क्रिस बार्कर, स्यामुल पी हटिङटङ लगायतका लेखक र विश्वविद्यालयहरूले अघिसारेको कृत्रिम मान्यतामार्फत उदारवाद, नवउदारवादको साहारा लिई उत्तरआधुनिकतावादी कथित विचारको विकास गराई एकीकृत, केन्द्रीकृत र भूमण्डलीकृत रूपमा शोषण, लुट र युद्धलाई तीव्रता दिइरहेको छ । 

वैचारिक रूपमा– ‘शोषण गर्ने अधिकार हो’ भन्ने प्रतिक्रियावादी विचारको विकसित रूप साम्राज्यवाद हो । ‘सत्य भ्रम हो, अलङ्कार हो’ भन्दै पछिल्लो अवधिमा उत्तरआधुनिकतावादको साहारा लिएर मार्क्सवादलाई परास्थ गर्ने प्रयास गरिरहेको छ । अहिलेसम्मको विज्ञान र माक्र्सवादले समाजका सबै वस्तु र घटनाहरू एकअर्कामा सम्बन्धित रहन्छ भन्ने निष्कर्ष  निकालेको छ । तर उत्तरआधुनिकतावादले समाजमा सबै वस्तु र घटना स्वतन्त्र छन् र एकअर्कामा असम्बन्धित छन् भनी समाजलाई पृथक–पृथक र टुक्रा–टुक्रा बनाएर व्याख्या गरेको छ । वैज्ञानीक सिद्धान्त, मूल्य र मान्यतालाई पूर्ण निषेध गराई यसले सारलाई छाडेर रूप र उपरी संरचनालाई प्राथमिकता दिन्छ । यसले वस्तुगत यथार्थतालाई मान्दैन । सबै विचारधाराको अन्त्य भएको मान्छ । यसरी नवप्रत्यक्षवाद, अतर्कबुद्धिवाद, बहुलवाद, भाषावाद, विसङ्घटनवाद, अराजकतावाद, शून्यवाद, भ्रान्ति र निरासावाद जस्ता साम्राज्यवादी विचारको भूमण्डलीकरण गरी, शोषण गर्ने अधिकारलाई निरन्तरता दिइरहेको छ ।

राजनीतिक रूपमा–आम रूपमा हिंसा र प्रतिक्रियावादलाई टिकाउन व्यक्तिवादी पार्टी र अधिनायकवादी नेतृत्व तयार गरी रूप, संरचना, विधि, प्रणालीलाई मात्र पक्रेर साम्राज्यवादले विभिन्न राजनीतिक नाराको सहारा लिइरहेको छ । आफ्नो वर्गीय हितको रक्षा गर्न बहुवर्गीय र निवर्गीय कुरा गर्दै प्रजातन्त्रको वाहाली, लागूऔषधिको नियन्त्रण, सशस्त्र  कटौती, जैविक हतियारको नियन्त्रण, मानव अधिकारको रक्षा, आतङ्कवाद विरोधी दीर्घकालीन युद्ध आदि नाराभित्र आफ्नो आर्थिक सङ्कट टार्ने, प्रतिद्वन्द्वीलाई धम्क्याउने, सर्वहारा र न्यायपूर्ण आन्दोलनलाई उठ्न नदिने र उठेमा आतङ्कवादको नाममा दमन गरी विश्वलाई नयाँ ढङ्गबाट कब्जा गर्ने कुटिल लक्ष्य लिइरहेको छ । 

आर्थिक रूपमा –वित्तीय तथा एकाधिकार पुँजीको अत्यधिक सङ्केन्द्रित गरी विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष, बहुराष्ट्रिय निगम, विश्व व्यापार सङ्गठनको नामबाट राज्य र राज्यको अर्थतन्त्रलाई निरिह बनाइ उत्पादन, उपभोग, विनिमय, वितरणको क्षेत्रमा साम्राज्यवादी नियन्त्रण कायम राखी विश्वलाई नयाँ ढङ्गले कब्जा गर्नु आर्थिक शोषणको भूमण्डलीकरण हो । उदारीकरण, निजीकरणको विस्तार गरी खुला अर्थतन्त्र र बजार अर्थतन्त्रको नाममा  आफ्नो लुटलाई कायम राख्न साम्राज्यवाद उद्यत छ । माक्र्सवादी वर्गविश्लेषणलाई परास्थ गर्न, वर्गीय समाजलाई जनसमुदायमा बदली वर्गसङ्घर्षलाई जातीय तथा साम्प्रदायिक भड्कावमा बदल्न तथा फुटाउ र शासन गरको नीतिअनुसार बहुवर्गको निर्माण गरी जातीय, क्षेत्रीय, लिङ्गीय तथा अन्य समस्याहरू अन्तरसम्बन्धित होइन पृथक्–पृथक् रहेको भ्रम छरी समाजलाई टुक्रा–टुक्रामा विभाजन र विखण्डन गरिरहेको छ ।

साम्राज्यवादले केही प्रतिशत नाफाबाट मजदुरलाई सुविधा दिने र केही प्रतिशत सेयर जनतामा वितरण गरी सबै मालिक र सबै उपभोक्ता जस्तो बनाएर सबै मित्र जस्तो बनाई वर्ग विश्लेषणमा कठिन र भ्रमित बनाइरहेको छ । क्रान्तिलाई बन्ध्याकरण गर्न तेस्रो विश्वमा औपनिवेशिक अर्थतन्त्रको माध्यमबाट अविजात (दलाल पुँजीपति) वर्ग तयार गर्ने, बुद्धिजीवीलाई एनजीओ÷आईएनजीओको माध्यमबाट खरिद गर्ने, योग्यता र विचारलाई मानव सेवा र मुक्तिको सट्टा आफ्नो लुटमा प्रयोग गर्ने, अधिक व्यक्तिगत स्वतन्त्रताको नाममा स्वतस्फुर्त चल्ने असङ्गठित निम्न पुँजीपति वर्ग समाजमा हावी गराउन साम्राज्यवाद लागिपरेको छ । व्यक्ति र राष्ट्रको अतिरिक्त उत्पादनको शोषण गर्दै अविकसित मुलुकलाई आत्मनिर्भर र औद्योगिक पँुजीको विकास हुन नदिई परनिर्भर बन्न बाध्य पारेको छ । मानवीय मूल्य मान्यताभन्दा नाफालाई जोड दिएर बजारको विस्तार, कच्चा पदार्थको शोषण र वैदेशिक रोजगारको नाममा श्रमशक्तिलाई सस्तो मूल्यमा किनेर पुरुषलाई सेना र अन्य श्रममा, महिलालाई श्रम र यौन व्यपारमा दुरुपयोग गरिरहेको छ । उपभोग मात्र गर्ने उत्पादन नगर्ने उपभोक्तावादी चिन्तन र सांस्कृतिको विकास गराउनु वित्तीय पुँजीवादी साम्राज्यवादको मूल लक्ष्य हो । 

संविधानको कार्यान्वयन गर्न प्रतिक्रान्ति र प्रतिक्रियावादी हस्तक्षेप रोक्दै नोकरशाही दलाल पुँजीवादका विरुद्ध समाजवाद उन्मुख ‘जनताको जनवाद’ हुँदै ‘सम्वृद्ध नेपाल, सुखी नेपाली’को अभिष्ट पूरा गर्न नयाँ कार्यदिशाका साथ अगाडि बढ्न आवश्यक छ ।

सांस्कृतिक रूपमा– आधुनिकता र सभ्यताको विकास र विस्तारको नाममा साम्राज्यवादी÷ विस्तारवादी भाषा, धर्म, भेषभूषा, शिक्षा, सांस्कृतिका सबै पक्षलाई विश्वव्यापीकरण गरेको छ । अरुको लोकसंस्कृति, रीतिरिवाज, भाषा, धर्म, भेषभूषा, शिक्षा, सांस्कृति एवं सभ्यतालाई अविकसित र गवार भनी निरुत्साहित पार्दैआएको छ । अश्लील पत्रपत्रिका, फिल्म, शून्यवादी तथा निराशावादी गीत, लागू तथा उत्तेजक औषधिलगायतका विलासिताका साधनहरूको उत्पादन गरी संसारका मान्छेहरू मुख्यत युवालाई कथित विलासितामा फसाई क्रान्तिकारी आन्दोलनलाई निस्तेज पार्दै आएको छ । साम्रज्यवादले स्वाभिमान, स्वतन्त्र तथा राष्ट्रिय लोकसंस्कृतिलाई निरुत्साहित गर्दै आत्मसमर्पणवादी तथा उपभोक्तावादी संस्कृतिलाई जोड दिँदै आएको छ । 

युद्धका रूपमा– साम्राज्यवाद भनेको युद्धपुँजीवाद हो । एक ध्रुवीय विश्व व्यवस्थामार्फत ‘प्याक्स अमेरिका’ नाराभित्र सहमत नहुने राष्ट्रलाई युद्ध थोपर्दै आएको छ । अमेरिकाले अर्जेन्टिना, चिली, हैटी, कोरिया, भियतनाम, अफगानिस्थान, इराकदेखि इरानसम्म आउँदा सयौँ पटक युद्ध थोपरेको छ । १४० राष्ट्रमा ३९५ भन्दा बढी सैन्य अखडा, लाखौँ सेना र हजारौँ हजार आधुनिक, परमाणु, अणु र जैविक हतियारहरू थुपारेको छ । आधुनिक हतियार र नक्षेत्र युद्धको धम्की दिँदै विश्वलाई आतङ्कित पार्र्ने र आफ्नो विरोधी देश तथा सबैखाले न्यायपूर्ण आन्दोलनलाई दमन गर्दै आएको छ । भियतनाम युद्धको पराजयपछि विकास गरेको रक्षात्मक तथा प्रति दीर्घकालीन युद्ध सेप्टेम्बर ११ को घटनापछि आतङ्कवाद विरोधी दीर्घकालीन युद्ध र हाल त्यसको विकसित रूप इन्डोप्यासोविक रणनीतिमा परिमार्जित गरेको छ । 

विज्ञान, प्रविधि र सञ्चारको रूपमा – पछिल्लो अवधिमा  विज्ञान÷प्रविधि र सूचना, सञ्चारमा भएको तीव्र विकासले संसारलाई सानो इकाइमा बदलेको छ । आजको युग कम्प्युटर, सञ्चार, साइबरनेटिक र कृतिम बौद्धिकताको युग हो । विश्वको कुनै पनि कुनामा हुने सकारात्मक र नकारात्मक घटनाले तुरुन्तै संसारमा प्रभाव पार्न सक्छ । साम्राज्यवादले आधुनिक विज्ञान, प्रविधि र सञ्चारको दुरूपयोगद्वारा कथित आतङ्कवाद विरोधी दीर्घकालीन युद्धको पक्षमा जनमतलाई भ्रम पारी फाँसीवादी रूप धारणा गरिरहेको छ । 

कृषिको रूपमा–साम्राज्यवादले विश्वका सम्पूर्ण स्थानीय, अर्गानिक कृषि बीउ, बिजनहरू आफ्नो कब्जामा लिएको छ । उसले हाइब्रेड उत्पादनको नाममा कृषि उत्पादनको प्रक्रियालाई नियन्त्रण गरिहेको छ । स्थानीय, अर्गानिक बीउ बिजनको अन्त्य गरी एकपटक मात्र उत्पादन हुने र पुनः बीउ नहुने, बीउबिजनका लागि उनीहरूसँग नै भर पर्नुपर्ने अत्यन्तै पर निर्भरताको अवस्था सिर्जना गरेको छ । यसलाई जिनमा साम्राज्यवादी हस्तक्षेप भन्न सकिन्छ । यो सामान्य विषय होइन आम मानव जगतको खाद्यसम्प्रभुता र मानव स्वास्थ्यमाथि नै केही मुठीभर वर्ग र व्यक्तिको नियन्त्रणसमेत हो । 

शिक्षा, स्वास्थ्यका रूपमा – मानव विकासको आधारभूत पक्ष गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा, सूचना र मनोरञ्जन हो । यीमध्ये शिक्षा र स्वास्थ्यलाई राज्यको अनिवार्य दायित्वबाट पन्छाइ निजीकरण गर्दै साम्राज्यवादी नियन्त्रणमा तीव्र शोषण गरिरहेको छ । साम्राज्यवादले उसको शिक्षा, स्वास्थ्य र औषधिमा एकाधिकार कायम गरी विश्वका आम श्रमजीवी जनतामाथि गरिने भूमण्डलीय शोषण अत्यन्तै भयावह छ । 

यसरी साम्राज्यवाद उत्तरआधुनिकतावादको साहारामा उदारवादवाट नवउदारवादमा पतन भएको छ । साम्राजयवादको पछिल्लो विशेषता, बिसौँ शताब्दीको महान क्रान्ति र भयानकप्रति क्रान्तिको अनुभव, समाजको स्थिति, वर्गको स्थिति, समय, वातावरण, विज्ञान, प्रविधि र सूचनाको विकासको स्थिति, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, सचेतन पक्षको भूमिका आदिले सामाजिक क्रान्तिको कार्यदिशा विकासमा महत्त्वपूर्ण प्रभाव पार्छ । मार्क्स, लेनिन र माओको पालाको क्रान्तिको कार्यदिशा आजको क्रान्तिमा सत्य छ । तर भूमण्डलीकृत साम्राज्यवादलाई परास्त गर्न भूमण्डलीकृत ढङ्गले नै अगाडि बढ्न आबश्यक छ । त्यसैले नेपाली क्रान्ति आफ्नो मौलिकतासहितको मालेमावादी विज्ञानको आधारमा अगाडि बढेको छ । विश्व कम्युनिस्ट आन्दोलन तथा नेपाल कम्युनिस्ट आन्दोलनमा हावि भएको दक्षीणपन्थी संशोधनवाद र जडसूत्रीय संशोधनवादबाट बच्दै मालेमावादको सिर्जनशील ढङ्गले रक्षा, प्रयोग र विकास गर्दै आएको छ ।

तत्कालीन नेकपा (माओवादी) ले २०५१ फागुनको तेस्रो विस्तारीत वैठकमा दीर्घकालीन जनयुद्धको रणनीतिलाई यान्त्रिक नभई मौलिक राजनीतिक र फौजी रणनीति र कार्यनीतिको रूपमा संश्लेषण ग-यो । ‘गाउँको कामलाई प्राथमिकता देऊ तर सहरको कामलाई पनि नछोड, अवैधानिक सङ्घर्षलाई प्राथमिकता देऊ तर वैधानिक सङ्घर्षलाई पनि नछोड, निश्चित रणनैतिक इलाकाहरूलाई प्राथमिकता देऊ, तर अन्य इलाकाहरूलाई पनि नछोड, युद्धको कामलाई प्राथमिकता देऊ, तर जनआन्दोलनका कामलाई पनि नछोड, भूमिगत कामलाई प्राथमिकता देऊ, तर खुल्ला कार्यहरू पनि नछोड, ग्रामिण वर्गसङ्घर्षलाई प्राथमिकता देऊ, तर देशव्यापि सङ्घर्षलाई पनि नछोड, छापामार काम कार्वाहीलाई प्राथमिकता देऊ, तर राजनीतिक भण्डाफोर र प्रचारलाई पनि नछोड, देशभित्रको प्रचारलाई प्राथमिकता देऊ, तर विश्वव्यापी प्रचारको कामलाई पनि नछोड, सैन्य सङ्गठन निर्माणको कामलाई प्राथमिकता देऊ, तर मोर्चा सङ्गठन निमार्णको कामलाई पनि नछोड, आफ्नै सङ्गठन र शक्तिको भरपर्ने कुरालाई प्राथमिकता देऊ, तर कार्यगत एकता–अन्तर्राष्ट्रिय जनमतको सहयोग समर्थन लिने कुरालाई पनि नछोड ।’ यसरी जनयुद्धको कार्यदिशालाई व्यावहारिक रूप दिँदै धक्का, क्रमभङ्ग, महाविपत्ति र रूपान्तरणको प्रक्रियामा अगाडि बढेको जनयुद्धले माक्र्सवादको रक्षा, प्रयोग र विकाससमेत गर्‍यो । क्रान्तिकारी विचारले जनयुद्ध र जनयुद्धले क्रान्तिकारी विचारको विकास गर्नेक्रममा २०५७ माघ–फागुनमा भएको दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्डपथको नाममा विचारको सश्लेषण गर्‍यो ।

ठोस परिस्थितिको ठोस विश्लेषण गरी दीर्घकालीन जनयुद्धमा आमसशस्त्र विद्रोहको समायोजन गर्ने नयाँ कार्यदिशाको विकास गर्‍यो । २०६० जेठमा भएको पार्टी केन्द्रको वैठकले ‘इतिहासको अनुभव र २१औँ शताब्दीमा जनवादको विकास’ भन्ने राजनीतिक प्रस्तावले २१औं शताब्दीमा क्रान्ति सफल गर्न र प्रतिक्रान्ति रोक्न विचारको विकास गर्ने, पार्टी, सत्ता, सेना र जनसमुदायको सम्बन्धलाई वैचारिक र साङ्गठानिक ढङ्गले नयाँ उचाइमा उठाउने, क्रान्ति, जनयुद्ध र जनवाद (प्रजातन्त्र) को अवधारणालाई विश्वजनमत अनुसार नयाँ उचाइमा विकास गर्ने, राष्ट्रियता र जनवादी आन्दोलनको समायोजन गर्ने प्रश्नहरूको वैज्ञानिक उत्तर दिएको छ । २०६२ आश्विनमा सम्पन्न चुनुवाङ बैठकले पार्टीभित्र बढ्दै गएको प्रतिक्रान्ति रोक्न क्रान्तिभित्र क्रान्ति गर्ने विधिको विकास गर्‍यो । भूमण्डलीकृत साम्राज्यवादको विश्लेषण गर्दै विश्व कम्युनिस्ट पार्टी, विश्व क्रान्ति, विश्व फेडेरेसनको विधि अगाडि सार्‍यो । भियतनाम युद्धमा पराजय भएपछि साम्राज्यवादले विकास गरेको रक्षात्मक र प्रति दीर्घकालीन युद्धको रणनीतिलाई परास्त गर्न नयाँ फौजी कार्यदिशाको विकास गर्‍यो ।

साम्राज्यवादद्वारा संरक्षित घरेलु प्रतिक्रियावादी तथा सामन्ति व्यवस्थाको ठोस विश्लेषण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिक नारा अगाडि सार्‍यो । जसले संसदवादी दलहरूसँग १२ बुँदे समझदारी हुँदै २०६२÷२०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनमा देशलाई पुर्‍यायो । वार्ता र शान्ति प्रक्रियाले देशमा नयाँ परिस्थति सिर्जना भयोे । क्रान्तिको शान्तिपूर्ण विकासको महान अवसर तयार भयो । २०६३ भाद्रमा सम्पन्न कामीडाँडाको बैठकले नेपालको मौलिक विचार र कार्यदिशामा थप विकास गर्‍यो । जनयुद्ध, सशक्त जनआन्दोलन, वार्ता र कूटनीतिक पहलको उचित सायोजनद्वारा मात्र सामन्तवाद र भूमण्डलीकृत साम्राज्यवादको हस्तक्षेपलाई परास्त गर्न सकिने छ । अब वार्ता र कूटनीतिक पहल कार्यनैतिक नारा मात्र रहेन रणनीतिक नारा बन्न गयो । यी चार मोर्चामा कहिले जनयुद्ध प्रधान अन्य तीन मोर्चा सहायक, कहिले सशक्त जनआन्दोलन प्रधान, अन्य तीन मोर्चा सहायक, कहिले वार्ता प्रधान अन्य तीन मोर्चा सहायक, कहिले कूटनीतिक पहल प्रधान र अन्य तीन मोर्चा सहायक, कहिले दुई, कहिले तीन र कहिले चारैवटा मोर्चा सन्तुलित र एकीकृत हुनेछ भन्ने निष्कर्ष निकाल्यो । 

‘आफ्नै रक्षा गर्न नसक्ने क्रान्तिको कुनै अर्थ हुँदैन’ भन्ने लेनिनको भनाइलाई आत्मसाथ गर्दै त्याग, तपस्या, साहस, सौर्य र बलिदानबाट प्राप्त जनयुद्ध र जनआन्दोलनको उपलब्धिहरू रक्षा गर्न र क्रान्तिलाई पूर्णता दिन तथा विश्वक्रान्तिको सेवा गर्न क्रान्तिको कार्यदिशा परिमार्जित भएको छ । जसले संविधान सभाद्वरा सङ्घीय लोकतान्त्रातिक गणतन्त्र नेपालको संविधान निर्माण गर्‍यो । बाँकी राजनैतिक काम पूरा गर्दै समाजवाद उन्मुख नेपाली समाज निर्माण गर्ने संवैधानिक लक्ष्य किटानी गर्नु नयाँ संविधानको महत्वपूर्ण विशेषता हो । संविधानको कार्यान्वयन गर्न प्रतिक्रान्ति र प्रतिक्रियावादी हस्तक्षेप रोक्दै नोकरशाही दलाल पुँजीवादका विरुद्ध समाजवाद उन्मुख ‘जनताको जनवाद’ हुँदै ‘सम्वृद्ध नेपाल, सुखी नेपाली’को अभिष्ट पूरा गर्न नयाँ कार्यदिशाका साथ अगाडि बढ्न आवश्यक छ ।

चुनौतीलाई सामना गर्नु क्रान्ति हो । चुनौती सामना गर्दा हामी पुराना तरीकाले टर्की, पेरु... हुन चाहँदैनौँ, नयाँ तरिकाले क्रान्ति सफल गर्न चाहन्छौँ । क्रान्तिलाई जीवन र जीवनलाई क्रान्तिमा बदल्न तथा जित र उत्साहमा बदल्न नयाँ कार्यदिशाको महत्त्वपूर्ण भूमिका रहने छ । २१औँ शताब्दीको भूमण्डलीकृत, युनिफाइट र कमप्लेक्स साम्राज्यवादलाई परास्त गर्न क्रान्तिको नयाँ कार्यदिशाको विकास र प्रयोग नेपालबाट भइरहेको छ । आजको नयाँ परिस्थितिमा सबै कम्युनिस्टहरूलाई एकताबद्ध गरी सर्वहारा वर्गको रणनीतिमा विकास, नयाँ ढङ्गले वर्ग विश्लेषण, नयाँ कार्यदिशा र कार्यनीति तय गरी वैज्ञानिक समाजवादी क्रान्ति सफल गर्नु सर्वहारावर्गको अबको दायित्व बनेको छ ।   

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.