बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

प्रचण्डले माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्दै हुनुहुन्छ : शंकर पोखरेल

शनिबार, ०१ फागुन २०७७, १६ : ४५
शनिबार, ०१ फागुन २०७७

 नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ओली समूहका सचिवालय सदस्य तथा लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अर्को समूहका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाललाई आगामी चुनावमा डाँडाबाट हेरे पनि नदेने गरि बढारिने चुनौती दिएका छन् । 

सोमवार बुटवलमा आयोजना गरिएको आमसभालाई मुख्यमन्त्री पोखरेलले सम्वोधन गर्दै र प्रचण्ड माधव समूहलाई इंगित गर्दै भने ‘ आगामी चुनावमा हाम्रो दलललाई सर्वाधिक मत प्राप्त हुन्छ । उहाँहरुलाई बसन्तपुर डाँडामा चढेर हेर्दापनि देखिनु हुनेछैन ।  बसन्तपुर बुटवलदेखि उत्तरतर्फ पाल्पा जिल्लामा पर्ने पहाडी तथा अग्लो डाँडा हो  जहाँ आज प्रधानमन्त्री ओलीले केबुलकारको शिलान्यास गरेका थिए । अध्यक्ष प्रचण्डलाई पूर्वजनमुक्ती सेनाहरुले छाडेर  ओली समूहमा आएको र उनीहरुले प्रचण्डसँग हिसाव किताव माग्ने  जिकिर गरे । 

  'आज हामीले पूर्व जनमुक्ति सेनाहरुको बुटवलमा भेला राख्यौं , उहाँहरुले कमरेड ओलीको राजनैतिक लडाईमा ढाल बन्छौं भनेर उद्घोष गर्नु भयो अब प्रचण्डलाई सबैले छाड्ने छन् ’– उनको यस्तो कथन थियो ।
   उनले तत्कालीन एमाले भित्रको अन्तरविरोधमा खेलेर प्रचण्डले माधवकुमार नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्ने रणनिती ल्याएको आरोप लगाए । 
‘आदरणीय जनसमुदायहरु, जनयुद्धकालमा जसरी ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको रणनीति थियो त्यसरी नै अहिले माधवकुमार नेपालको ढाडमा टेकेर कमरेड ओलीको टाउकोमा हान्दै हुनुहुन्छ । उहाँको त्यो रणनिती हामी असफल पारेर छाड्छौँ। 

उनले प्रथम अध्यक्ष र महासचिव रहेको दलनै आधिकारिक दल रहेको समेत दावी  समेत गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप