सुरोज र पविनको जोडी प्रधानमन्त्री कपको फाइनलमा
नेपाली सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सतर्फ फाईनल प्रवेश गरेका छन् ।
शनिबार बिहान भएको सेमिफाईनल खेलमा महर्जन र लिनथेपको जोडीले साईनोका अभिषेक बोसको जोडीविरुद्ध २१।१७, २१।१५ को सोझो सेटको जित निकालेका हुन् । उनीहरुले अब फाइनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल र रायमाझीको जोडीले कास्कीका भुगोल गुरुङ्ग र बिशाल खड्काको जोडीलाई १५।२१, २१।१९, २१।१८ को प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै फाइनल यात्रा गरेका हुन् । चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताअन्तर्गत ५५ बर्ष माथीको प्रतिस्पर्धामा चितवनका बुद्धि चौधरी र चितवन जिल्ला ब्याडमिन्टन संघका पूर्व अध्यक्ष पुष्प श्रेष्ठको जोडी फाइनलमा पुुगेको छ ।
चौधरी र श्रेष्ठको जोडीले चितवनकै कालीदास पाण्डे र राजु थापाको जोडी माथि २१।८, २१।११ को जित निकालेका हुन् । अब उक्त जोडीले फाईनलमा उपाधीका लागि बागलुङ्गका राजेन्द्र शाक्य र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । शाक्य र श्रेष्ठको जोडीले चितवनका राजु कुमााल र उपेन्द्र सिंह पन्तको जोडीलाई २१।१०, २१।७ ले पराजित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्मी क्लबका इमरान शेखको अर्धशतक, तृतराजसँग कीर्तिमानी साझेदारी
-
पत्नीको मृत्यु प्रमाणपत्र बनाउन गएका पुरुषलाई दिइयो उनकै मृत्युको प्रमाणपत्र
-
माघ ५ मा जाउलाखेलमा तेस्रो ‘बाइरो ब्रिड च्याम्पियनसिप डग शो’ आयोजना हुँदै
-
गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ
-
ऋषिकेश पत्नी अञ्जला कोइराला अदालत उपस्थित
-
सुनको मूल्य सामान्य बढ्यो