जसपा नेपाल मुस्लिम विभाग इन्चार्ज नेकपा ओली समूहमा प्रवेश
![जसपा नेपाल मुस्लिम विभाग इन्चार्ज नेकपा ओली समूहमा प्रवेश](https://rpcdn.ratopati.com/media/albums/habri_hBAsV3ssEX.jpg)
काठमाडौं । जनता समाजवादी पार्टी नेपाललाई एक अर्को धक्का लागेको छ । सो पार्टीका केन्द्रीय सदस्य एवं मुस्लिम विभागका इन्चार्ज एवं संविधानसभा सदस्य इस्लाम हवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहमा प्रवेश गरेका छन् ।
नेकपा ओली समूहका स्थायी समिति सदस्य एवं सहरी विकास मन्त्री प्रभु साहमार्फत हवारी सो पार्टीमा प्रवेश गरेका हुन् । आज उनलाई प्रधानमन्त्री एवम् नेकपा आली समूहका अध्यक्ष केपी शर्मा अोलीले आफ्नो सरकारी निवास बालुवाटारमा स्वागत गरेका थिए ।
लोकतान्त्रिक प्रक्रियामार्फ़त देशलाई स्थायित्व एवं समृद्ध तुल्याउँदै समाजवादको दिशामा अघि बढ़ने अभियानलाई अगाडि हवारी सो पार्टीमा प्रवेश गरेको मन्त्री साहले बताए ।
यसअघि जसपा नेपालका केन्द्रीय सदस्य एवं अनुशासन विभागका प्रमुख तथा संविधानसभा सदस्य डा. शिवजी यादव पनि नेकपा ओली समूहमा प्रवेश गरेका थिए । जसपा नेपालका अन्य नेताहरु पनि सो पार्टीमा प्रवेश गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।