आईपीएलको लिलामीमा सन्दीप, ४० लाख भारु बेस प्राइस

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने ईन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामीका लागि छनौट भएका छन् । दिल्ली क्यापिटल्सले उनलाई यो सिजन रिलिज गरेपछि उनी लिलामीमा सहभागी हुन लागेका हुन् । २० वर्षीय बलरको बेस प्राइस ४० लाख भारतीय रुपैयाँ रहेको छ ।
१८ फेब्रुअरीमा हुने लिलामीमा २९२ खेलाडीको अन्तिम सूची जारी गरिएको छ । अस्ट्रेलिया ब्याट्सम्यान शन मार्स, न्युजिल्याण्डका अलराउन्डर कोरी एन्डरसन र दक्षिण अफ्रिकाका पूर्व फास्ट बलर मोर्ने मोर्कललाई फ्रेन्चाइजीको आग्रहमा लिलामीमा सहभागी गराइएको छ ।
सर्वाधिक २ करोड भारु बेस प्राइसमा दुई भारतीय हरभजन सिंह र केदार जाधवसहित ग्लेन म्याक्सवेल, स्टीभ स्मीथ, सकिब अल हसन, मोइन अली, साम बिलिङ, लियाम प्लंकेट, जेसन रोय र मार्क वुड रहेका छन् । १.५ करोठ बेस प्राइसमा १२ जना खेलाडी रहेका छन् ।
आगामी सिजनका लागि ८ फ्रेन्चाइजीसँग ६१ स्लट खाली रहेका छन् । यसमध्ये २२ जना विदेशी खेलाडीले अवसर पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !