मुख्यमन्त्री राउतद्वारा सोनाम पर्वको अवसरमा शुभकामना व्यक्त
शुक्रबार, ३० माघ २०७७, ११ : ५४
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसारको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी विज्ञप्तिमार्फत मुख्यमन्त्री राउतले देश विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायुका साथै उत्तरोतर प्रगतिको कामनासमेत गरेका हुन् ।
मञ्जुश्री पात्रोअनुसार माघ शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वले सामाजिक एकतालाई थप बलियो बनाउने उल्लेख गर्दै मुख्यमन्त्री राउतले यस्ता चाडपर्वले भातृत्वको सन्देश दिने उल्लेख गरेका छन् ।
साथै उनले विश्वमै नेपाली एकतासमेत उजागर भएकाले यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको जवाफी पत्र, कुलमान हटाउन ४ बुँदे थमाइयो
-
बिहेकै कारण भएको हो त तमन्ना विजयको ब्रेक–अप ?
-
हवाई आक्रमणको डरमा छन् ट्रम्प, बनाउँदैछन् आइरन डोमको ढाँचामा गोल्डेन डोम
-
ट्रम्पको धम्कीले पनि गरेन काम, हमासद्वारा चेतावनी ठाडै अस्वीकार
-
मध्यप्रदेशको कोइलाखानीमा भवनको छत खस्दा तीन मजदुरको मृत्यु
-
सुनगाभा सैनामैना गोल्ड कप : महावीर काठमाडौँ सेमिफाइनल प्रवेश