शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्न म्युनिखका खेलाडीसँग सम्बन्ध टुटेको थियो, मोडलले छोराको जन्मदिनमा गरिन् आत्महत्या

शुक्रबार, ३० माघ २०७७, १० : २२
शुक्रबार, ३० माघ २०७७

पोलिसमा जन्मिएकी एक मोडलेको बर्लिनस्थिती अपार्टमेन्टमा बुधबार मृत शरीर फेला परेको छ । ती मोडलको एक हप्ता अघि मात्रै बायर्न म्युनिखका ३२ वर्षे खेलाडी जेरोम बोटेङ्गसँग सम्बन्ध टुटेको थियो । 

द सनको रिपोर्ट अनुसार २५ वर्षे कासियाका ६ वर्षका छोरा नोआ छन् । १९ वर्षको हुँदा आफ्नो पूर्व प्रेम सम्बन्धका कारण उनको छोराको जन्म भएको थियो । 

मेल अनलाइनसँगको कुराकानीमा कासियाका एक साथीले बताए अनुसार नोआले आमा बिना नै आफ्नो छैटौं जन्मदिन मनाएका थिए । कासिया जेरोमसँगको सम्बन्ध टुटेका कारण असाध्यै चिन्तामा भएको उनले जानकारी दिइन् । 

नाम नखुलाइएका ती साथीले भनिन्, ‘हिजो (बुधबार) उनको छोरा नोआको जन्मदिन हो । कासिया आफ्नै घरमा थिइन् ।’

‘उनको परिवारका एक सदस्यले प्रहरीलाई फोन गरेर छोरीसँग सम्पर्क हुन नसकेको  र आफूहरु अत्यधिक चिन्तामा भएको बताए ।’

‘रेस्ट इन पिस’

जेरोमसँगको सम्बन्ध टुटेकोबारे कुरा गर्दै साथीले भनिन्, ‘उनले कासियाबारे असाध्यै खराब टिप्पणी गरे । यसैले उनलाई असाध्यै तनावमा पारेको थियो ।’

मोडलको मृत्युको खबर उनकी अर्की साथी सारा कुल्काले सबैभन्दा पहिला दिएकी थिइन् । उनले इन्स्टाग्राम पोस्टमा लेखिन्, ‘रेस्ट इन पिस । एक अद्भूत व्यक्तित्वकी धनी । मलाई तिम्रो याद आउनेछ ।’

म्यानचेस्टर सिटीका पूर्व खेलाडी जेरेमले अघिल्लो हप्ता १५ महिनाको डेटिङपछि आफू कासियासँग छुट्टिएको घोषणा गरेका थिए । 

जेरोमको नाममा ट्याटु खोपेकी कासियाले फुटबलरको झुट बोल्ने बानी र लगातार विश्वासघात गरेका कारण आफूहरु छुट्नु परेको जानकारी दिएकी थिइन् । 

रिपोर्टका अनुसार कासियाको शव एक विलासी अपार्टमेन्टमा भेटिएको हो जुन जेरोमको नाममा छ । 

उनको मृत्युलाई शंकास्पद मानिएको छैन । 

जेरोमका तीन सन्तान छन्, सबै उनका पूर्व सम्बन्धबाट हुन् । 

सम्बन्ध टुटेपछि यी दुईले सार्वजनिक रुपमा शब्दवाण प्रहार गर्न थाले । 

यी मोडलले जेरोमलाई राक्षसको संज्ञा दिँदै यसबारे आफूले मुख खोल्ने र लड्ने बचन दिएकी थिइन् । 

यस्तै, जेरोमले पनि जर्मन पत्रिका बिल्डसँगको कुराकानीमा कासियाले उनको पहिलोको सम्बन्ध तोडेको र उनलाई ब्ल्याकमेल गरेको बताए । 

उनले भने, ‘कासियाले रेबेकासँग र मेरो परिवारसँगको सम्बन्ध ध्वस्त पारेर मेरी प्रेमिका बनेकी हुन् । उनले मलाई ब्ल्याकमेल गरिन् ।’

‘त्यसैले मैले कासिया सँगै बस्ने निर्णय गरेँ र स्थितीलाई सुधार्ने कोसिस गरेँ ।’

जेरामकी पूर्व प्रेमिका रेबेका सिल्भेराले कासियाले पठाएको भोइस मेसेज इन्स्टाग्राममा पोस्ट गर्दै उनीबारे प्रतिक्रिया दिएकी थिइन् । 

रेबेकाले जर्मन पत्रिकालाई भनेकी छिन्, ‘कासियाले आफ्नो स्वार्थका लागि मेरो परिवारमा फुट गराइन् ।’

‘उनले जेरोमलाई पनि ध्वस्त पारेको म हेर्न सक्दिनँ र यसो हुन दिन्नँ । म उनलाई पीडितसँग खेलेको हेर्न चाहन्नँ । उनले त्यसै पनि धेरैलाई हानी गरिसकेकी छिन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप