बानेश्वर क्षेत्र तनावग्रस्त : प्रहरीको गाडीमा ढुंगामुढा, प्रदर्शनकारीमाथि लाठीचार्ज (तस्बिरहरु)
बिहीबार, २९ माघ २०७७, १८ : १३
राजधानीको नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त भएको छ। नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउको विरोधमा सो पार्टीसम्बद्ध युवा विद्यार्थीले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
सो क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगामुढा गरेको छन् भने ढुंगामुढाबाट प्रहरीको एउटा गाडीमा क्षति पुगेको छ ।
यस्तै प्रहरीले स्थिति नियन्त्रणका लागि लाठीचार्ज गरेको छ ।
झाँक्रीलाई रिहाइको माग गर्दै युवा विद्यार्थीले प्रदर्शन गरेका हुन् । राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले बिहीबार नै झाँक्रीलाई पक्राउ गरेको थियो ।
तस्बिरहरु : सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण