एनआरएनएको अग्रसरतामा १० अर्ब रुपैयाँको पूर्वाधार कोष, सरकारको समेत ५ प्रतिशत लगानी रहने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सरकारको समेत ५ प्रतिशत लगानी रहने गरि नेपालको पूर्वाधार क्षेत्रमा एनआरएनएको लगानी बढाउने उद्देश्यले उक्त कोष स्थापना गर्न लागिएको हो ।
बिहीबार अर्थ मन्त्रालयमा बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमति बमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकम सहित आवश्यक अन्य सहयोग गर्ने बताउँदै एक हप्ताभित्र कम्पनीको दर्ता प्रकृया टुङ्गो लगाएर काम सुरु गर्न गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलाई आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रकृया रहेको बताउँदै छिट्टै दर्ता भइ काम सुरु हुने जानकारी दिए ।
पन्तका अनुसार कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत सेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर हुनेछ । जसका लागि गैरआवासीय नेपालीहरुले लगानीका लागि आइपिओ जारी गरिनेछ ।
सो बारे जानकारी दिँदै अध्यक्ष पन्तले लगानीका क्षेत्रहरुबारे प्रस्तावहरु समेत आइसकेको जानकारी दिए ।
सो अबसरमा उनले विदेशमा रहेका नेपालीहरु नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको समेत बताए ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपकरण मर्मतमा ढिलाइ हुदाँ अझै सुरु हुन सकेन सिमेन्ट उत्पादन
-
के लिंग परिवर्तन गर्नु मानसिक रोग हो ?
-
पाठेघरको क्यान्सरविरुद्ध खोप लगाउने स्वास्थ्य मन्त्रालयको निर्णय
-
१२ बजे, १२ समाचार : 'भेडाझैँ भ्या-भ्या नगर्ने प्रचण्डको भनाइ' देखि 'डिभोर्स नक्कली नभएको धनराजको बयान' सम्म
-
खानेपानी योजना सञ्चालन गर्न आर्थिक सहयोग सङ्कलन
-
मन्त्री भण्डारीद्वारा आयल निगमको निरीक्षण