अख्तियारका उत्कृष्ट कर्मचारी पुरस्कृत
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत उत्कृष्ट कर्मचारी र अनुसन्धानकर्तालाई सम्मान गरिएको छ । ३० औं स्थापना दिवसको अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारी र अनुसन्धानकर्तालाई आयोगले सम्मान गरेको हो ।
यो वर्षको उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपाने र प्रहरी निरीक्षक राजु अधिकारीले पाएका छन् । उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ताम्रपत्रसहित २५ हजार रुपैयाँ प्रदान गरिन् ।
त्यस्तै, २० हजार पुरस्कार राशिको अख्तियार सेवा पुरस्कार १९ जनाले पाएका छन् । पुरस्कृत हुनेमा सह–सचिव नारायणप्रसाद सापकोटा, शिवकुमार कार्की, झनककुमार खत्री, नारायणप्रसाद दाहाल, उपन्यायाधिवक्ता धर्मअवतार कोइराला, सिनियर डिभिजनल इञ्जिनियर महेशप्रसाद यादव, उपसचिव मेघनाथ रिजाल, शिवराज रेग्मी, प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनकुमार थापा र केशव भट्टराई छन् ।
शाखा अधिकृत कृष्णबहादुर दाहाल, इञ्जिनियर ज्योति तामाङ, नापी अधिकृत प्रशान्त घिमिरे, शाखा अधिकृत कुलचन्द्र पराजुली, सुरेशचन्द्र अधिकारी, इञ्जिनियर रजल श्रेष्ठ र रामकृष्ण पाठकलाई पनि पुरस्कृत गरिएको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवस्था र अवस्था दुवै बदलियो : प्रधानमन्त्री ओली
-
टोल–टोलमा पुग्न ‘वडा केन्द्रित अभियान’ गर्ने तयारीमा एमाले
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्र प्रवेश, पाँच कम्पनीसँग सम्झौता
-
वर्षा बस्नेत बनिन् टीभीएस मोटोसोलमा १२५ सीसी स्कुटर डर्ट रेसकी विजेता
-
ललितपुर महानगरपालिकाले मनायो स्थापना दिवस, तस्बिरहरू
-
‘फौजी’को सेटमा घाइते भए प्रभास