बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

कृषिमन्त्री अर्याल र इजरायली राजदूतबीच भेटवार्ता

बुधबार, २८ माघ २०७७, १७ : २८
बुधबार, २८ माघ २०७७

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ । मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबार आज (बुधबार) भएको छलफलमा नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्सकोे विषयमा छलफल गरिएको थियो । 

इजरायल सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रम २०७७ असोज १४ गते नेपाल र इजरायलबीच सम्झौता भएको थियो । उक्त कार्यक्रम सञ्चालनका निम्ती नेपालका तर्फबाट सह–सचिवको नेतृत्वमा स्टेरिङ कमिटी गठन भइसकेको छ भने, इजरायलले पनि आफ्नो प्रतिनिधि छनौट गरिसकेको छ । 

छलफलका क्रममा बोल्दै मन्त्री अर्यालले नेपाली कृषकहरुलाई इजरायली प्रविधिको तालिम÷प्रशिक्षणको व्यवस्था गर्नसके नेपाली कृषि उत्पादनमा पनि बृद्धि हुने अपेक्षा व्यक्त गरिन् ।
यस्तै  नेपालका लागि इजरायलका राजदूत हानान गोडरले इराजयलको प्राविधिकि सहयोगमा सञ्चालन हुन गइरहेको नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्स कार्यक्रम सफल बनाउन इजरायल सरकारको तर्फबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप