काठमाडौंमा कसरी ओर्लिए मधेशी जनता ?
![काठमाडौंमा कसरी ओर्लिए मधेशी जनता ?](https://rpcdn.ratopati.com/media/albums/prachanda_madhav_protest_3_8UvSmG39jH.jpg)
काठमाडौं माघ २८–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह) ले आज काठमाडौंमा आयोजना गरेको विरोधसभामा सहभागी हुन अधिकांश मधेशबाट आएका छन् । सहभागीमध्ये ७५ प्रतिशत मधेशी समुदाय रहेको भनेर दावी गरिएको छ ।
‘यसअघि पनि नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विरोधसभा गरेको थियो तर मधेशमा यतिको मान्छे आएका थिएनन् । प्रदेश २ का नेकपा (प्रचण्ड–माधव समूह) का सह–इन्चार्ज महेन्द्र पासवानले भने, ‘मधेशमा ओलीको दमनको विरुद्धमा जनता काठमाडौं आएका छन् ।’
'माघ २२ गते नेकपा (प्रचण्ड–माधव समूह) ले आयोजना गरेको आमहडतालमा मधेशमा प्रहरीले दमन गरेको थियो । आमहड्तालको दिन पुरै देशमा कतै दमन नभएको तर प्रदेश २ मा ठाउँठाउँमा प्रहरीले दमन गरेको र दर्जनौ नेता तथा कार्यकर्तालाई घाइते बनाए,' उनले जिकिर गरे ।
संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको मधेशप्रति सोच अझै परिवर्तन नभएको कुरा आमहड्तालमा देखिएको र त्यसको विरोधमा मधेशी जनता काठमाडौं ओर्लिएको उनले बताए । नेकपा (प्रचण्ड–माधव समूह) केन्द्रीय सदस्य धर्मनाथ साहले संघीयता बचाउनका लागि काठमाडौं आएको बताए । उनले भने,‘मधेशी जनताले रगत बगाएर ल्याएको संघीयता मास्न केपी शर्मा ओलीले कदम चाल्नु भएको छ । त्यसलाई बचाउन मधेशी जनता आफै काठमाडौं आएका छन् ।’
अधिकांश मधेशी जनता भाडामा आएका छन् भनि आरोप छ नि भनि जिज्ञासामा उनले यस्तो सोच्नेलाई ओली मनोवृति भन्ने गरेको प्रतिकृया दिए । ‘ओलीले जसरी मधेशीलाई हेप्ने काम गरे, अहिले यी भाडाका मधेशी जनता हुन् भन्नु उस्तै उस्तै रहेको’ उनले दावी गरे । यहाँ काठमाडौं आएका सबै कम्युनिस्ट पार्टीलाई भोट दिने मतदाता तथा कार्यकर्ता रहेको उनले दावी गरे ।
नेकपा (प्रचण्ड–माधव समूह) का नेता उमेश यादवले काठमाडौंका नेवार र तराईका मधेशी नजागेसम्म देशमा कुनै परिवर्तन नभएको इतिहास रहेको आज पुनः त्यही इतिहास दोहोरिन थालेको दावी गरे । ‘मधेशी जनता आफ्ना अधिकारका लागि काठमाडौं आएका हुन्, ओलीको प्रतिगमनको विरोध गर्न काठमाडौं आएका हुन्,’ उनले दावी गरे ।
प्रदेश २ का नेकपा (प्रचण्ड–माधव समूह) सहइन्चार्ज पासवानले प्रदेश २ का प्रत्येक जिल्लाबाट २०–२० वटा भन्दा बढी बस आएको जानकारी दिए । त्यसबाहेक कोही मोटार साइकल, कोही निजी गाडी तथा अन्य साधनबाट पनि काठमाडौं आएको उनले दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाग्लुङ ताराखोलाको सिस्नो पाउडर जापान र कोरियासम्म
-
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने-पुटिनलाई रोक्न धेरै काम गर्न बाँकी छ
-
झापामा सार्कस्तरीय ‘क्यान्सर सम्मेलन’
-
रातोपाटी ब्रिफिङ : नयाँ शक्ति राइट टु रिजेक्टको विकल्प कार्यान्वयनमा ल्याउने पहिलो पार्टीदेखि लात्ती र मुक्काले हानेर सुधार केन्द्रभित्रै हत्यासम्म
-
क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
-
पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र