रामकुमारी झाँक्रीलाई गिरफ्तार गर्न प्रहरीलाई दबाब

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्रन प्रहरीलाई दबाव छ । प्रधानमन्त्री निवास बालुवाटारले सो दबाव दिएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका निकटस्थहरुको दबावमा गृह–सचिव महेश्वर न्यौपानेले नेकपा नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई दबाव दिएका छन् ।
आक्रामक अभिव्यक्तिका कारण चर्चामा रहेकी झाँक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुनेगरी बोलेको आरोप छ । गोरखामा आयोजित विरोध कार्यक्रममा झाँक्रीले राष्ट्रपतिलाई बडामहारानी भनेकी थिइन् । राष्ट्रपतिको आलोचना गर्दै उनले भनेकी छिन्–‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि सुविधा छाडेर आउनुस् ।’
‘शीतलनिवास छाडेर पहिला कोटेश्वर आउनुस्, चावहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु,’ झाँक्रीले भनेकी थिइन्–‘होइन भने बालकोटै गएपनि हुन्छ ।’
उनको सो बोलीबारे राष्ट्रपति भण्डारी असन्तुष्ट छिन् । भण्डारीको असन्तुष्टि मेटाउन झाँक्रीलाई पक्राउ गर्न राज्यका संयन्त्र परिचालन गरिएको हो । उनलाई पक्राउ गर्ने तयारी भइरहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए । ती अधिकारीले भने–‘झाँक्रीलाई पक्राउ गर्न गृहसचिव ज्यूले प्रहरी प्रधान कार्यालयलाई लगातार दबाब दिनुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय