
स्वास्थ्य वीमा बोर्डले करारमा ९ अधिकृत माग्यो

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य बीमा बोर्ड टेकुले कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ । स्वास्थ्य वीमा बोर्ड टेकुले ९ जना कर्मचारीको दरखास्त आव्हान गरेको हो । मंगलबार बोर्डले करार सेवामा ५ जना फार्मेसी अधिकृत र ४ जना मेडिकल अधिकृत गरी ९ जना कर्मचारीको दरखास्त आह्वान गरेको हो ।
फार्मेसी अधिकृतको लागि एम. फार्म उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको अनुभव भएको र मेडिकल अधिकृतले एमबिबिएस पास गरी २ वर्षसम्म काम गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । इच्छुक उम्मेदवारहरूले १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने बोर्डले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ