पत्रकार थापाको हत्यामा संलग्न अभियुक्तलाई छोड्न वैद्य माओवादीको माग
सुर्खेत । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा पक्राउ परेका जयबहादुर शाहीलाई छाड्न माग गरेको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ६८ वर्षीय शाहीलाई अविलम्ब, विनासर्त रिहाइ गर्न माग गरेको छ । जिल्ला प्रहरी कार्यालय, दैलेखले शाहीलाई २४ माघमा पक्राउ गरेको थियो ।
‘जनयुद्धकालीन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् टुङ्ग्याउनु पर्नेमा अदालती प्रक्रियामा लगेको प्रति हाम्रो पार्टी घोर विरोध गर्दछ र उहाँलाई अविलम्ब एवं विनासर्त रिहाइ गर्न जोडदार माग गरिन्छ’ विज्ञप्तिमा भनिएको छ।
प्रहरीका अनुसार जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पूर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् भने बाँकी सजाय दिलाउन उनलाई कारागार चलान गरिएको हो । १ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी बन्दी प्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थुनामुक्त भइ शाही फरार थिए ।
द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्न वार्ताका लागि भन्दै बोलाइएका उनलाई साबिकको द्वारी गाविस–१, हालको नौमुले गाउँपालिका–३ मा २०६१ साल साउन २७ गते हत्या गरेको थियो । माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसबेला प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।
हेर्नुहोस् विज्ञप्तिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल मृत्युदर घटेकाले हाम्रो सरदर आयु बढ्यो : प्रधानमन्त्री
-
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
-
केपी ओली र म सँगै जेल बसेका हौँ, अविश्वास गर्नुपर्ने कारण छैन: देउवा
-
मानिस बिरामी नै हुन नपरोस् भनेर व्यापक प्रयास गरिन्छ : प्रधानमन्त्री
-
कारबाहीको डरले बोल्नै डराउँछन् आवासीय चिकित्सक
-
कतारमा नबिल बैंकद्वारा ‘घर त नेपाल’ कार्यक्रम सम्पन्न