‘पैसाको चिन्ता नगर्नुहोस्, अस्पताल बनाउने काममा लाग्नुहोस्’

भक्तपुर । चाँगुनारायण नगरपालिकाको दुवाकोटमा प्रस्तावित वीर अस्पतालको भवन निर्माण स्थलको अर्थमन्त्री विष्णु पौडेललगायतको टोलीले अवलोकन गरेको छ । मंलगबार बिहान दुवाकोटमा अर्थमन्त्री पौडेल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्य राज्यमन्त्री नवराज रावत, चाँगुनारायणका नगरप्रमुख सोमप्रसाद मिश्र, विभिन्न मन्त्रालयका सचिवहरु,सडक, विद्युत, खानेपानी संस्थान लगायतका प्रतिनिधि समेतको उपस्थित रहेको थियो ।
सो अवसरमा अर्थमन्त्री पौडेलले विद्युत प्राद्यिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पोल विस्तार, तार जडान र ट्रान्सफर्मर राख्ने काम तत्काल गर्न निर्देशन दिएका छन् । कति समय लाग्छ तपाईँलाई काम गर्न ? भन्ने अर्थमन्त्रीको प्रश्नमा प्राद्यिकरणका कार्यकारी प्रमुख शाक्यले भने–‘हामी यो आर्थिक वर्षभित्र काम सक्छौ मन्त्री ज्यू ।’
त्यस्तै सडक विभागका प्रतिनिधिलाई समेत अर्थमन्त्री पौडेलले मनोहरा करिडोर हुँदै दुवाकोट आउने सडक र सल्लाघारी हुँदै वीर अस्पतालको भवन निर्माण स्थलसम्म आउने सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।
पैसाको चिन्ता गर्नुहोस्, जग्गा हामीले प्राप्त गरिसकेका छौं, तत्काल पूर्वाधार निर्माण गर्नुहोस्, अर्थमन्त्री पौडेलले भने । स्वास्थ्यमन्त्री त्रिपाठीले वीर अस्पताल दुवाकोटमा बन्नु भक्तपुरबासीको गौरव भएकाले सबैले साथ दिनुपर्ने बताएका छन् ।
स्वास्थ्य राज्यमन्त्री रावतले भने–‘आफु विगतदेखि भक्तपुरमा वीर अस्पताल बनाउने काममा सक्रिय हुँदै आएको र स्वास्थ्यमन्त्रीले समेत जिम्मेवारी दिनु भएको छ ।’ नगर प्रमुख मिश्रले विभिन्न निकायबीच समन्यवको अभाव हुदाँ कामको थलानी हुन नसकेको बताए ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २, ३ र ४ करिब ५ सय ७० रोपनी क्षेत्रफलमा वीर अस्पतालको भवन बनाउने तयारी भए पनि डीपीआर समेत तयार हुन् सकिरहेको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल निवासबाट राजालाई नारायणहिटी पुर्याउन तयार छौँ : अध्यक्ष लिङ्देन
-
अब राजसंस्थाका बारेमा सेनाले निर्णय लिनुपर्ने बेला आयो : रवीन्द्र मिश्र
-
बाम एकता आवश्यक तर व्यवहारिक रूपमा अहिले असम्भव
-
खेल क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री लामा
-
किन लाग्छ बाडुल्की ?
-
शेखर कोइरालाको आरोप– देश एमालेकरण भएका कारण अर्थतन्त्र धराशायी बन्दै गयो