शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालका ‘क’ बर्गका २८ वाणिज्य बैंक : कसको नाफा कति ?

बिहीबार, १९ असोज २०७४, १० : ३३
बिहीबार, १९ असोज २०७४

काठमाडौ–नेपालका ‘क’ बर्गका २८ वाणिज्य बैंकले गत आर्थिक बर्षमा नाफा उच्च वृद्धि गरेका छन् । एक दुई वटा बैंक वाहेक अधिकाशंको नाफा उचालिएको छ । 
केही बैंकले गत आवको तुलनामा दोब्वर नाफा गरेका छन् । नविल बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब माथि पुगेको छ । गत आवमा कुमारी बैंकबाहेक सबै वाणिज्य बैंकको नाफा बढेको हो ।
गत आवमा नबिल बैंकले २८ दशमलव ४२ प्रतिशत नाफा बढाएको छ । बैंकले ३ अर्ब ६२ करोड ८ लाख रुपैयाँ कमाएको हो । अघिल्लो आवमा नविलले २ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ कमाएको थियो । 
यस्तै, नेपाल बैंक गत आर्थिक वर्षमाा ३ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ११.६७ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्ष नेपाल बैंकले २ अर्ब ८८ करोड नाफा कमाएको थियो । 
नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षमा ३ अर्ब १६ करोड ६९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २३.८८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ५५ करोड आठ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो । 
राष्ट्रिय वाणिज्य बैंक गत आर्थिक वर्षमा ३ अर्ब ८ करोड २६ लाख ६० हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.९१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ३५ करोड ५२ लाख ८८ हजार रुपैंया खुद नाफा गरेको थियो । 
कृषि विकास बैंकले गत आर्थिक वर्षमा दुई अर्ब ७७ करोड ६७ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ६५ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा कृषि विकास बैंकले दुई अर्ब ४६ करोड ४६ लाख रुपैयाँ मुनाफा कमाएको थियो । 
यस्तै, हिमालयन बैंकले गत आर्थिक वर्षमा दुई अर्ब १७ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा १२ दशमलव ४५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षमा जनताले एक अर्ब ९३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो । 
ग्लोबल आईएमई बैंकले पनि गत आवमा २ अर्ब माथि नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ७० अर्ब बढी नाफा कमाएको हो । 
एभरेष्ट बैंकले गत आवमा १ अर्ब ९८ करोड १६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा १४ दशमलव ५० प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा एभरेष्टले एक अर्ब ७३ करोड दुई लाख रुपैयाँ नाफा कमाएको थियो । 
प्रभु बैंकले पनि गत आर्थिक वर्षमा एक अर्ब ७५ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३ दशमलव २७ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्ष बैंकले एक अर्ब १४ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो । 
नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षमा एक अर्ब ५२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको बैंकले गत आर्थिक वर्षमा १९ करोड रुपैयाँ बढी नाफा कमाएको हो । 
एनएमबि बैंकले गत आर्थिक वर्षमा डेढ अर्बभन्दा बढी मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ दशमलव ५४ प्रतिशत प्रगति हासिल गर्दै एक अर्ब ५१ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा एनएमबिले एक अर्ब ११ करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 
प्राइम कमर्सियलले पनि गत आर्थिक वर्षमा एक अर्ब ४८ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ३२ दशमलव ९१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा प्राइमले एक अर्ब ११ करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 
एनआईसी एसियाले गत आर्थिक वर्षमा एक अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा एनआईसी एसियाले एक अर्ब छ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो । 
सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा एक अर्ब ४१ करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा १२ दशमलव ९९ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्षमा सिद्धार्थले एक अर्ब २५ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
स्टाण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा जम्मा ६.९२ प्रतिशत अर्था आठ करोड ९४ लाख रुपैयाँमात्रै बढी नाफा कमाएको हो ।
नेपाल क्रेडिट एण्ड कर्मश बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३२ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ८७ दशमलव ३० प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा एनसीसीले ७० करोड ७८ लाख रुपैयाँ नाफा कमाएको हो । 
माछापुच्छे«  बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३० करोड १० लाख रुपैयाँ मुनाफा कमाएको छ । अघिल्लो वर्ष ८९ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा गरेको बैंकले यसपाली मुनाफामा ४४ दशमलव ८७ प्रतिशत प्रगति गरेको हो । 
सानिमा बैंकले गत आवमा १ अर्ब ३० करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष ९९ करोड ६० लाख रुपैयाँ कमाएको सानिमाले खुद मुनाफामा गत वर्ष ३० दशमलव ५३ प्रतिशत प्रगति हासिल गरेको हो । 
बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब २३ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा मुनाफामा छलाङ मार्दै अर्वपति क्लबमा प्रवेश गरेको हो । अघिल्लो आर्थिक वर्षमा ६५ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको थियो । 
सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब २१ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ०१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब आठ करोड तीन लाख रुपैयाँ कमाएको थियो । 
नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा शुन्य दशमलव १६ प्रतिशत मात्रै बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा नेपाल बंगलादेश बैंक एक अर्ब १९ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
सनराइज बैंकले गत आर्थिक वर्षमा एक अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ९५ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकले २२ दशमलव ८१ प्रतिशत प्रगति गर्दै खुद मुनाफा एक अर्ब नघाएको हो । 
लक्ष्मी बैंकले गत आर्थिक वर्षमा एक अर्ब २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ४८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्षमा लक्ष्मीले ६७ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 
मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षमा ७९ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ५५ करोड १० लाख रुपैयाँ कमाएको मेगाले खुद मुनाफामा ४३ दशमलव ५५ प्रतिशतले वृद्धि गरेको हो । 
कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षमा ७० करोड तीन लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २.१९ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष कुमारीले ७१ करोड ६० लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
जनता बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षमा खुद मुनाफामा ३ सय ८१ दशमलव ९५ प्रतिशत वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा १३ करोड ३६ लाख रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेको जनताले गत आर्थिक वर्षमा ६४ करोड १८ लाख रुपैयाँ नाफा गरेको हो ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षमा ४४ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आठ दशमलव २१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा ४१ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो । 
सिभिल बैंकले गत आर्थिक वर्षमा ३३ करोड ८१ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशत बढी हो । अघिल्लो आवमा सिभिलले ३३ करोड १४ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप