शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब डायबिटीज नियन्त्रणमा आउने, आयुर्वेदिक औषधिको कमाल

मङ्गलबार, २७ माघ २०७७, १० : ३७
मङ्गलबार, २७ माघ २०७७

चिकित्सा जगतमा रोग उपचारका अनेकौं पद्धति छन् । भारत र नेपालको गाउँ गाउँमा प्रचलित स्वदेशी पद्धति आयुर्वेद चिकित्सा पद्धति हो भने विज्ञानले विकसित गरेको आधुनिक चिकित्सा पद्धतिलाई एलोप्याथी भनिन्छ ।

अब यो सर्वविदित नै छ मानिसको शरीर यति जटिल स्वचालित यन्त्र हो, यसका बारे जति जति अध्ययन हुँदै गइरहेको छ त्यति मात्रामा नै यसको संरचनाले वैज्ञानिकहरुलाई हैरान  पर्दै गइरहेको  छ । अब त आधुनिक चिकित्साशास्त्रले स्वीकार गरीसक्यो, संसारका सबै मानिस शारीरिक सञ्चालनको दृष्टिले फरक फरक हुन्छन्  । दुईजनालाई ज्वरो आएको छ भने उनीहरुको ज्वरो एउटै औषधिले निको नहुन सक्छ ।

तपाइँ हामीलाई पनि थाहा भएकै कुरा हो, मानिसको शरीरमा हुने सबै रोगको उपचार कुनै एउटै चिकित्सा पद्दतिले हुन सम्भव छैन । आधुनिक चिकित्सा विज्ञानबाट निको नभएका अनेकौं रोगीको आयुर्वेदले सफल उपचार भएको प्रमाण हाम्रो चारैतिर रहेका छन् ।

माथी वर्णित दुबै  चिकित्सा पद्दतिको सम्मिश्रणले उपचार गर्ने दिशामा भारतको 'अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्स' (एम्स) ले महत्वपूर्ण सफलता पाएको छ । एम्सका अनुसन्धानकर्ताले डाइबिटिजबाट पीडित रोगीमा आयुर्वेदिक औषधि बीजीअर ३४ र एलोप्याथिक औषधि ग्लीबेक्लामाइड (glibenclamide)को संयुक्त प्रयोग गरी अनुसन्धान गरेका छन् । आश्चर्यजनक रुपले यस प्रयोगबाट डाइबिटिज नियन्त्रण हुनुको साथै नराम्रो कोलेस्ट्रोल समेत नियन्त्रण भएको छ । नराम्रो कोलेस्ट्रोलका कारण हृदयघातसम्मको खतरा हुन्छ ।

एम्सको फर्माकोलोजी विभागमा सम्पन्न भएको यस अनुसन्धानले  डाइबिटिज तथा नराम्रो कोलेस्ट्रोल नियन्त्रणमा उत्साहजनक परिणाम प्राप्त भएका छन् । डाइबिटिजको आयुर्वेदिक औषधि बीजीआर–३४ भारतको अग्रणी अनुसन्धान र विकास गर्ने स्वायत्त संस्था 'काउन्सिल अफ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च' (CSIR) ले बनाएको हो । यो औषधि खुला बजारमा उपलब्ध छ ।

आयुर्वेदिक औषधि बीजीआर–३४ इन्सुलिनको स्तर बढाउन र लेप्टिन हर्मोनको स्तरलाई कम गर्न सक्षम छ । तर, एलोप्याथको औषधि ग्लिबेँक्लामाइडसँग यसको प्रयोगले  झनै चामत्कारिक परिणाम देखाएको छ । दुवै औषधिको संयुक्त प्रयोगले इन्सुलिनको स्तरमा वृद्धि हुनुका साथै लेप्टिन हर्मोन नियन्त्रित भएको पाइयो । शरीरमा लेप्टिन हर्मोनको स्तर बढ्नाले मोटोपन एवं मेटाबालिज्म सम्बन्धी अन्य नकारात्मक विकार हुने गर्छ ।

यसका अतिरिक्त दुवै पद्दतिको औषधि प्रयोगले कोलेस्ट्रोलमा ट्रिग्लेसिराइडस  ( TRIGLYCERIDES) एव भीएलडीइल ( VERY  LOW  DENSITY LIPOPROTEIN ) को स्तर पनि कम हुने देखिएको छ । सामान्यतया डाइबिटिज रोगीमा लिपिड प्रोफाइल गडबड हुने गर्छ । यस प्रयोगले लिपिड प्रोफाइल प्रबन्धनमा एचडीएल (HIGH DENSITY  LIPOPROTEIN -राम्रो कोलेस्ट्रोल) वृद्धि हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप