मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली सर्वोच्च अदालत र निर्वाचन आयोगले ‘मैले जे भन्यो त्यही मान्छ’ भन्ने भ्रममा हुनुहुन्छ : प्रचण्ड

सभाको प्रतिस्पर्धा गर्न नखोजेको स्पष्टिकरण
मङ्गलबार, २७ माघ २०७७, १० : ३३
मङ्गलबार, २७ माघ २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पाटीं (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुलाई संवैधानिक निकायहरुमाथि अझै पनि भरोसा रहेको बताउँदै उनीहरुले संविधानको भावना र मर्मअनुसार नै निर्णय गर्ने आशा व्यक्त छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुसँगको अन्तरक्रियामा संविधानको भावनाविपरित सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई सदर नगर्ने उनले बताएका हुन् ।

उनले भने, ‘हामीलाई हाम्रो संवैधानिक निकाय प्रति विश्वास छ । उनीहरुले संविधानको भावनाअनुसार नै निर्णय गर्नेछन् भन्ने हाम्रो भरोसा छ । संविधानको भावनाभन्दा बाहिर गएर सर्वोच्चले त्यसलाई सदर गर्छ भन्ने हामीलाई लागको छैन ।’

अहिले संविधानिक आयोगहरुमा सेटिङको चर्चा भए पनि आफूहरुलाई सेटिङमा विश्वास नभएको प्रचण्डको भनाइ छ । ‘गाउँ–गाउँ ओलीका प्रतिनिधिहरु गएर निर्वाचन आयोग र सर्वोच्चले हाम्रै पक्षमा निर्णय गर्छन् भन्दै सेटिङको झल्को दिने काम गरिरहेका छन्,’ उनले भने, ‘मैले जे भन्यो संवैधानिक निकायहरुले त्यही मान्नछन् भन्ने यदी प्रधानमन्त्रीले ठान्नु भएको छ भने त्यो वहाँको भ्रम हो । निर्वाचन आयोग र सर्वोच्च अदालत स्वतन्त्र रहेको र उनीहरुले संवैधानिक व्यवस्था अनुसार नै फैसला गर्ने हामीलाई विश्वास छ ।’

उनले यदी सर्वोच्च अदालतले सरकारको कदमलाई सदर गरे, त्यसले देशलाई ठूलो संकटमा पार्ने बताए । आफूहरु लोकतन्त्र र निर्वाचन प्रक्रिया प्रति प्रतिबद्ध रहे पनि असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरी गरिने निर्वाचन पनि असंवैधानिक हुने जिकिर गरे । त्यसबारे पार्टीले गम्भीररुपमा विचार गर्ने उनको भनाइ थियो ।

प्रचण्डले केपी ओलीले वैशाखमा चुनाव नै गर्न नसक्ने ठोकुवा पनि गरे । ‘केपी जीले वैशाखमा निर्वाचन गर्न सक्नु हुन्छ वा चाहनुभएको छ भन्ने हामीलाई लागेको छैन । वैशाखमा चुनाव हुँदैन भन्ने त पुष्टि भइसक्यो,’ उनले भने ।

प्रचण्डले आफूहरुले सभाको प्रतिस्पर्धा गर्न नचाहेको स्पष्ट पार्दै बरु प्रधानमन्त्री ओलीले प्रतिस्पर्धा गरिरहेको आरोप लगाए । ‘हामीले सभा गरेपछि ओलीजीले नै योभन्दा ठूलो गरेर देखाउँछौ भन्नुभयो,’ उनले भने, ‘अस्ती वहाँहरुको काठमाडौँको सभाभन्दा ठूलो सभा त हामीले धनगढीमा नै गरेका थियौँ ।’

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको असंवैधानिक, अलोकतान्त्रिक स्वेच्छारी कदम संविधानमात्र नभएर संघीय लोकतान्त्रिक गणतान्त्रिक र शान्ति प्रक्रियामाथि पनि प्रहार भएको प्रचण्डको भनाइ छ । ओलीको कदममा अहिले विदेशी शक्तिलाई जोड्न नचाहेको पनि उनले बताए । नेपालको पछिल्लो अवस्था ओलीकै स्वेच्छाचारी र निरंकुश प्रवृत्तिको परीणाम भएको उनको निष्कर्ष थियो ।

अहिले पुरा देश नै प्रधानमन्त्री ओलीले लिएको असंवैधानिक कदमको विरोधमा सडकमा रहेको बताउँदै आन्दोलनलाई संयुक्त बनाउने प्रयास भइरहेको पनि जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप