शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन: ५ ठाउँबाट जुलुस निकाल्ने, कमाण्डर तोकियो

सोमबार, २६ माघ २०७७, १८ : १७
सोमबार, २६ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कदमविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले माघ २८ गते बुधबार काठमाडौमा गर्ने बृहत प्रदर्शनको तयारी तीव्र पारेको छ ।  नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार २८ गते काठमाडौका मुख्य ५ स्थानबाट जुलुस निकाल्ने तयारी भएको छ । जुलुस निस्कने ५ स्थानमा विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ । जसमा पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमल रहेका छन् । 

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेताहरु प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदहरुले गर्ने छन् ।  त्यसैगरी त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ लगायत केन्द्रीयय कमिटी सदस्यहरुले गर्नेछन् । यो टोलीमा सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरु समेत रहनेछन् ।

माइतीघरबाट निस्कने जुलुसमा नेताहरु अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीयय कमिटीका सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरूले नेतृत्व गर्नेछन् । 

नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरुले केशरमहलबाट निस्कने जुलुको नेतृत्व गर्नेछन् ।  जमलबाट निकाल्ने जुलुसमा लिलामणि पोखेल, केन्द्रीय कमिटी सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरुले गर्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ । मुल जुलुस भने सुनधाराबाट सुरु हुनेछ । सबैतिरका जुलुस मुल जुलसमा परिणत भएपछि वीर अस्पताल, जमल, घण्टाघर, बागबजार पुतलीसडक, पद्मोदय मोड हुदै प्रदर्शनीमार्ग पुगेर सभामा परिणत हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप